६ वैशाख २०८१ बिहीबार
समाज

आज यी स्थानमा वर्षा र बाढीपहिरोको सम्भावना

आज आइतबार पनि देशका केही स्थानमा वर्षा हुने र त्यसले बाढीपहिरो जान सक्ने भन्दै माैसम पूर्वानुमान महाशाखाले जोखिम क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ।  

महाशाखाका अनुसार आज दिउँसो देशभर मौसम आंशिकदेखि सामान्यसम्म बदली भई केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। साथै प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिमका एक–दुई स्थानमा भारी वर्षासमेतको सम्भावना छ।  

यसैगरी राति पनि देशका केही स्थानमा हल्कादेखि मध्यमसम्म र प्रदेश १ र गण्डकीका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले आइतबार जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।  

बिहान ६ बजे जारी बुलेटिनमा २४ घण्टे चेतावनी दिँदै भनिएको छ, ‘ती स्थान (वर्षा हुने) का नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलरपानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

बाढीको सम्भावनाबारे बाढी पूर्वानुमान महाशाखाले आइतबार बिहान जारी गरेको तलको सूचना पढ्नुहोस् :

प्रकाशित: १८ श्रावण २०७७ ०८:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App