६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

शैलीले सुरु गर्यो ‘शैली संवाद’

रातोपुलस्थित शैली थिएटरले अहिले आफ्नो फेसबुक पेज मार्फत विभिन्न क्षेत्रमा  क्रियाशील व्यक्तित्वसंग भलाकुसारी गर्ने उद्धेश्यका साथ ‘शैली संवाद’को आयोजना गरेको छ । दुई/दुई दिनको फरकमा गरिने लाइभ संवादमा भिन्न–भिन्न क्षेत्रमा आबद्द व्यक्तिहरूलाई समेट्ने आयोजकको भनाई छ ।  

थिएटरका महासचिव एवम् कार्यक्रमका परिकल्पनाकार नारायण न्यौपानेले लकडाउन पछि पनि दैनिकी अझै सहज नभएकाले ठुलो समूह नाटकघर आएर काम गर्ने अवस्था नभएको बताउँछन् । थुप्रै मानिसहरू अझै पनि राजधानी बाहिरै भएकाले उनीहरू समक्ष भर्चुअल माध्यममार्फत जोडिन शैली संवादको आयोजना गरेको बताए ।

कार्यक्रम संयोजक तथा प्रस्तोता सरस्वती अधिकारीले उक्त संवादमूलक कार्यक्रम दर्शक एवंम् स्रोताले रुचाएकै कारण त्यसैलाई निरन्तरता दिएको र अब अहिलेको परिस्थितिमा फेसबुक लाइभमार्फत दर्शक समक्ष पुग्ने अभिप्रायले उक्त संवादको आयोजना गरेको बताइन् ।  

साउन १० गते शनिबार रङ्गकर्मी, कलाकार तथा निर्देशक प्रल्लाद खनालसंग कुराकानी गर्दै ‘शैली  संवाद’ यो  सिजन सुरू भएको हो ।  संवाद हजारौं दर्शक समक्ष पुगेकाले थप  हौसला मिलेको थिएटरका अध्यक्ष नबराज बुढाथोकीले बताए । संवाद सुरू भएको दोस्रो दिन साउन १२ गते सगुना शाहसंग भलाकुसारी गरिएको थियो । उनले नेपालमा किताब अध्ययन गर्ने बानीको विकास र रंगमंचमा केन्द्रित भएर आफ्नो धारणा व्यक्त गरेकी थिइन् ।

शैली थिएटरका व्यवस्थापक सुबास सुबेदीकाअनुसार साउन  १४ गते नाटककार अषेश मल्ल, १६ गते प्यापसन महासचिव कुमार घिमिरे, १८ गते आइतबार समिक्षक र निबन्धकार कुमारी लामा, २० गते मंगलबार निर्देशक तथा कलाकार रिता शाह, २२ गते बिहीबार कला पत्रकार वर्षा महर्जन, २४ गते शनिबार लेखक अभिमन्यु निरवी र २६ गते सोमबार ’किताब यात्राका’ प्रबन्ध  निर्देशक  बिकेश भट्टराई अतिथि रहेछन् ।

उक्त शैली संवाद निरन्तर रुपमा दुइ हप्तासम्म चल्ने आयोजकको भनाई छ । दिउँसो ठिक चार बजे शैली थिएटरको अफिसियल फेसबुक पेज मार्फत लाइभ हेर्न सकिने साथै लाइभ हेर्न छुटेका दर्शकले पुनः उक्त पेजमा गएर संवाद हेर्न र सुन्न सक्नेछन् ।

प्रकाशित: १२ श्रावण २०७७ १८:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App