coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

क्वारेन्टिनमा एक यूवाद्धारा आत्महत्या

क्वारेन्टिनमा एक यूवाले आत्महत्या गरेका छन् । भारतबाट आफन्त कहाँ आएका यूवा रामबहादुर साउँथले आत्महत्या गरेका हुन । पाँच दिन अघि देखि साउथ क्वारेन्टिनमा बस्दै आएका थिए ।

अछाम बन्निगढी गाउँपालिका घर भई  ठाकुरबाबा नगरपालिका ४ मा राखिएको क्वारेन्टनमा आत्म हत्या गरेको प्रमुख जिल्ला अधिकारी लिालाधर अधिकारीले पुष्टि गरे ।उनका अनुसार स्वाब परीक्षणका लागि भेरी अंचल अस्पताल पठईएको छ । ठाकुरबाबा ४ स्थित सैनवार आफन्त कहाँ आएका साउदले सोहि वडाको क्वारन्टिनमा आत्महत्या गरेका हुन् ।

आफन्तले क्वारेन्टाइनमा बस्नु पर्ने भन्दै प्रहरीलाई खबर गरेपछि युवकलाई प्रहरीले पाँच दिन अघि क्वारेन्टाइनमा लगेको थियो ।कोरोनाको परीक्षणको  रिपोर्ट नआएकाले उनको शव घटनास्थलमै राखिएको छ ।

प्रकाशित: १२ श्रावण २०७७ ११:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App