१६ चैत्र २०८० शुक्रबार
समाज

वन मुद्दाका फरार अभियुक्त ४ वर्षपछि पक्राउ

वन मुद्दामा झण्डै डेढ लाख रुपैयाँ जरिवाना सजायका भागीदार भए पनि फरार रहँदै आएका उदयपुरका एक अभियुक्त ४ वर्षपछि पक्राउ परेका छन् । ०७३ सालमा परेको वन मुद्दामा जिल्ला अदालतबाट १ लाख ४० हजार ६ सय ७२ रुपैयाँ जरिवाना विगो तोकिए पनि फरार रहेका रौतामाई गाउँपालिका ३ का ५० वर्षीय चन्द्रबहादुर कार्की आईतबार पक्राउ परेका हुन् ।

रौतामाई ३ लाफागाउँ घर भए पनि सदरमुकाम झरेको मौकामा विशेष सूचनाको आधारमा उनी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालयबाट खटेको विशेष टोलीले उनलाई त्रियुगा नगरपालिका ११ पिपलचोकबाट पक्राउ गरेको प्रहरी प्रवक्ता डिएसपी गोविन्द पुरीले बताए ।

सजाय भुक्तानका लागि प्रहरीले उनलाई आईतबारै जिल्ला अदालतमा बुझाएको डिएसपी पुरीले बताएका छन् ।

प्रकाशित: ११ श्रावण २०७७ १४:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App