२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सिद्धपोखरीमा वाटर रेस्क्यु ड्रिल अभ्यास

नेपाली सेना वीरदल गण र आर.एन.ए. १६ को सहकार्यमा भक्तपुरमा एकहप्ते वाटर रेस्क्यु ड्रिल अभ्यास भएको छ । साउन ६ गतेदेखि ११ गतेसम्म भक्तपुरको सिद्धपोखरीमा दैवी प्रकोप उद्धार तथा व्यवस्थापनअन्तर्गत वाटर रेस्क्यु ड्रिल अभ्यास गरिएको हो । महानगरीय प्रहरी परिसर भक्तपुरको आयोजनामा अभ्यास गरिएको हो । चर्चित उद्धारकर्मीहरु अरुण सैंजु र राजेश गाइजुले बाटर रेस्क्यु ड्रिलको अभ्यास गराएका थिए ।  

अभ्यासमा सहभागीहरुलाई आइतबार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति प्रमाणपत्र वितरण गरे । अविरल वर्षाको समयमा कुनै ठाउँं जलमग्न भए त्यसबाट उद्धार गर्ने तरिकाको बारेमा अभ्यास गराइएको थियो । अभ्यासपछि समस्या आइपरे समाधानका लागि परिचालन गर्न सकिने जनाइएको छ । कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले मास रेस्क्यु प्रतियोगिताका विजयी टीम र प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरे ।  

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक तारादेवी थापाले दैवी प्रकोपसम्बन्धी तालिम बाढी र पहिरोबाट पीडित जनताको जीवन रक्षाको निम्ति फलदायी हुनेमा आशा व्यक्त गरिन् । कार्यक्रममा नगर प्रमुख प्रजापलिते कमलाभक्त फाउन्डेसनले सहयोग गरेको १० थान लाइफ ज्याकेट आरएनएका अरुण सैंजुलाई हस्तान्तरण गरेका थिए ।

प्रकाशित: ११ श्रावण २०७७ १३:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App