७ वैशाख २०८१ शुक्रबार
समाज

'न्याय मरेकै हो ?'

शसस्त्र प्रहरीका पूर्व डिआईजी रञ्जन कोइरालालाई सर्वोच्च अदालतले रिहाइ गरेको प्रति प्रदेश १ का सांसदहरूले बिरोध गरेका छन् । शुक्रबारको संसद बैठकमा सांसदहरूले श्रीमती मार्नेलाई सर्वोच्च अदातले छुटकारा दिएको भन्दै बिरोध गरेका हुन् ।

संसदको शून्य समयमा बोल्दै सांसद अम्बिका भण्डारीले अदालतले नै हत्यारालाई छुटकारा दिन थालेको आरोप लगाइन् । ‘न्याय मरेकै हो ?’ भण्डारीले सोधिन् ‘अदालतले नै हत्यारालाई छुटकार दिए न्याय खोज्न कहाँ जाने?’ सांसद कुसुम श्रेष्ठले हत्यारालाई छाड्ने अदालतको फैसलाको बिरोध गरिन्  । उनले अपराधी छाड्ने अदालतको निर्णयले न्यायमूर्ती माथि अविश्वस बढ्ने बताइन् । श्रेष्ठले सर्वोच्चले गरेको फैसलाको पुनरावलोकन गर्न र अपराधीलाई कारवाही गर्न प्रदेश सरकारमार्फत संघीय सरकारको ध्यानाकर्षण पनि गराइन् ।

बजेट अधिवेशनको अन्तिम बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शेरधन राईले प्रदेशसभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएका थिए । राईले कोरोनाको महामारीका बावजुद पनि अन्य प्रदेश भन्दा बढी खर्च गरेको बताए । उनले प्रदेश सरकारले डिजिटल प्रदेशको अवधारणा कार्यान्वयनको सुरूवात गर्दै मुख्यमन्त्री ड्यासबोर्ड गठन गरेको दाबी गरे । शुक्रबारको बैठकमा प्रदेश प्रमुखको पत्र पढेर सुनाउँदै बजेट अधिवेशन आज रातिदेखि समाप्त हुने प्रदेश सभाका सभामुख प्रदिपकुमार भण्डारीले जानकारी दिएका हुन् ।  

बैठकमा सभामुख भण्डारीले बजेट अधिवेशनमा प्रदेशसभामा दर्ता भएका सबै विधेयक पारित भएको बताए । प्रदेश १ को बजेट अधिवेशनले दश वटा विधेयक पारित गरेको छ ।

प्रकाशित: ९ श्रावण २०७७ १२:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App