१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

सितापाइलामा युवतीमाथि एसिड प्रहार गर्ने सार्वजनिक

काठमाडौंको सितापाइलामा युवतीमाथि एसिड प्रहार गर्ने २ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।  बिहीबार साँझ करिब ८ बजेटतिर युवतीमाथि एसिड प्रहार गर्ने २ जनालाई महानगरीय प्रहरी परिसर र महानगरीय अपराध अनुसन्धानको टोलीले गएराति नै पक्राउ गरेको थियो। पक्राउ परेका रौतहटको लक्ष्मीपुर घर भइ डल्लु बस्ने मोहम्मद आलम र भारत घर भई डल्लुमा कालीगढको काम गर्ने मुन्ना मोहम्मदलाई पत्रकार सम्मेलन गरी प्रहरीले सार्वजनिक गरेको हो।  

आलम डल्लुमा गारमेन्ट सञ्चालन गरेर बस्दै आएका थिए। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीका अनुसार पीडित युवतीका दिदि सोही गारमेन्टमा काम गर्दै आएकी थिइन्। पीडित युवति पवित्रा कार्कीले पनि केही समय सोही गारमेन्टमा काम गरेका कारण उनीहरुको पहिले देखि चिनजान रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। अभियुक्त आलमले युवतीलाई आफ्नो प्रभावमा पारेर अनुचित व्यवहार गर्न खोजेको अनुसन्धानबाट देखिएको उनले बताए।

अहिले युवती खतरामुक्त छिन्। यद्यपी चोट भने गम्भिर रहेको छ। उनको कीर्तिपुरमा उपचार भइरहेको छ। लक डाउन खुलेपछि आपराधिक घटना बढ्न सक्ने भन्दै उपत्यकामा व्यापक प्रहरी परिचालन गरिएको उनले बताए। नागरिकको सहयोगले मात्रै यस्ता घटनाहरु नियन्त्रण गर्न सकिने भएकाले प्रहरीलाई सहि सूचना दिएर सहयोग गर्न उनले सबैमा आग्रह समेत गरे।  

 

प्रकाशित: ९ श्रावण २०७७ ०८:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App