नाबालिगलाई भगाएको विषयमा प्रदर्शन, ९ राउन्ड अश्रुग्याँस प्रहार
नाबालिगलाई भगाएर लगेकाे विषयमा विवाद हुँदा धनुषाको औरही गाउँपालिका–१ पौडेसर तनावग्रस्त भएको छ।तनाव नियन्त्रणमा लिन प्रहरीले अहिलेसम्म ९ राउन्ड अश्रुग्याँस प्रहार गरेको छ।
नाबालिगलाई भगाएर लगेकाे विषयमा विवाद हुँदा धनुषाको औरही गाउँपालिका–१ पौडेसर तनावग्रस्त भएको छ।तनाव नियन्त्रणमा लिन प्रहरीले अहिलेसम्म ९ राउन्ड अश्रुग्याँस प्रहार गरेको छ।
पाल्पामा एकजना युवतीको हत्या भएको छ। धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
पदयात्रामा गएकी एकजना जर्मन युवतीको भीरबाट खसेर मृत्यु भएको छ।
बाल विवाह रोक्न स्थानीय सरकार, सामाजिक संघसंस्था र व्यक्तिव्यक्ति लागिपरेका छन्।
वरिष्ठ मनाेविद् विनोद पौडेल बाल गृहमा रहँदा नै बालबालिकाहरूलाई मनोसामाजिक शिक्षा दिनुपर्ने बताउँछन्।
पोखरामा आज साँझ कारले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार दुई युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका—२५ हेमजा निवासी २३ वर्षीया अनिशा खड्का र पोखरा—५ बस्ने २४ वर्षीया भावना बराल रहेका छन्।
पक्राउ परेकी ठकुरीलाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी मानव बेचबिखन तथा ओसारपसार मुद्दामा आवश्यक अनुसन्धान भइरहेको ब्युरोले जानकारी गराएको छ ।
एकदिने मन्त्री बनेकी रजीना जनकनन्दिनी गाउँपालिकास्थित श्री राष्ट्रिय मावि कक्षा ९ की छात्रा हुन् ।
अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको आदर्शमाआज राति दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना हुँदा घटनास्थलमै एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी मोटरसाइकलमा पछाडि सवार काभ्रे बनेपा नगरपालिका २ घिमिरे गाउँ बस्ने वर्ष २५ की नबिना काफ्ले घिमिरेको घटनास्थलमा नै मृत्यु भएको भक्तपुर प्रहरी परिसरले जनाएको छ।
आफ्नै घरमा काम गर्ने युवतीमाथि यौन दुर्व्यवहारको आरोप लागेका मध्यपहाडी लोकमार्ग आयोजना प्रमुख हरिकुमार पोखरेल पक्राउ परेका छन्।
संखुवासभाको खाँदबारी नगरपालिका-१ घिमिरेगाउँमा खुकुरी प्रहार गरी आज एक युवतीको हत्या गरिएको छ।
डुडुवा गाउँपालिका–४ स्थित सिधानियघाट राप्ती नदीमा वनभोज खान गएका उनीहरुको मङ्गलबार साँझ डुबेर मृत्यु भएको हो।
हत्यापछि आरोपित शैलेन्द्र चौधरी फरार छन्। मृतकका परिवारले चौधरीविरुद्ध कर्तव्य ज्यान मुद्दामा दिएको जाहेरी २९ गते नै दर्ता भइसकेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता रामप्रसाद घर्तीमगरले बताए।
एक नाबालिकालाई भारत लगेर बेच्ने मुख्य भूमिकामा रहेकी युवती एलिना खत्रीलाई प्रहरीले पक्रेको छ। भारतको आसाम पुर्याई नाबालिका बेचबिखन गर्ने म्याग्दी रघुगंगा गाउँपालिका ३ की ३० वर्षे एलिना खत्रीलाई प्रहरीले झापाबाट प्रक्राउ गरेको हो।
प्रहरी र परिवारजनका अनुसार जिल्लाको मेलौली नगरपालिकाकी २ जना र पाटन नगरपालिकाकी १ जना युवती बेपत्ता भएका हुन्।