८ वैशाख २०८१ शनिबार
समाज

श्रीमती हत्या अभियोगमा जेलमा रहेका पूर्वडीआईजी कोइराला रिहा

श्रीमती हत्यामा कैद सजाय भोगिरहेका सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइराला रिहा भएका छन्। सर्वोच्च अदालतको आदेशपछि ८ वर्ष ६ महिना कैद सजाय भुक्तान गरेर उनी आज डिल्लीबजार कारागारबाट रिहा भएका हुन्।  

श्रीमती गीता ढकालको हत्या आरोपमा उनलाई जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो, उच्च अदालले पनि जिल्लाको फैसला सदर गरेको थियो। तर सर्वोच्च अदालतले कोइरालाको सजाय घटाएको थियो।  

श्रीमती हत्याको मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र तेजबहादुर केसीको इजलासले असार १५ गते सजाय घटाउने फैसला गरेको थियो।

श्रीमतीको हत्या पछि पालुङ लगेर शव जलाएर प्रमाण नष्ट गर्ने प्रयास गरेका थिए। २०६८ पुस २८ मा ७० प्रतिशत जलेको शव स्थानीयले फेला पारेका थिए। त्यहाँ लगेर शव जलाएका रञ्जन दोस्रो पटक पनि त्यहाँ पुगेका थिए। स्थानीयले उनलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाए पनि उनी छुटेका थिए।  

गीताको परिवारे यता रञ्जनले छोरी बेपत्ता बनाएको भन्दै प्रहरीमा उजुरी दिएको थियो। हनुमान ढोका प्रहरीले उनीसँग सोधपुछ गरे पनि उनले आरोप अस्वीकार गर्दै आएका थिए।

कोइराला घटनास्थल पुगेको थाहा पाएपछि प्रहरीले उनलाई पक्राउ गर्न सर्कुलर गरेको थियो। पालुङबाट फर्कदै गरेका रञ्जनलाई प्रहरीले नागढुंगाबाट पक्राउ गरेको थियो।

 

प्रकाशित: ८ श्रावण २०७७ ०७:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App