१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बर्सेनि बढ्दै स्थानीय तहको बेरुजु

हरेक वर्ष बैतडीका स्थानीय तहमा बेरुजु रकम बढ्दै गएको छ। अघिल्लो वर्षको तुलनामा गत वर्ष १० वटै स्थानीय तहमा बढी बेरुजु आएको महालेखा नियन्त्रको प्रतिवेदनमा उल्लेख गरिएको छ।

केही कागज नमिलाएको र केही अनियमित तरिकाले भ्रष्टाचार भएको रकम असुल गर्ने महालेखाको कार्यालयले जनाएको छ। दशरथचन्द नगरपालिकाको आर्थिक वर्ष २०७५/०७६ मा १३ करोड २ लाख ३४ हजार बेरुजु देखिएको छ। अघिल्लो आर्थिक वर्षमा पनि सो नगरपालिकाको ३ करोड ८६ लाख ५५ हजार  रुपैयाँ बेरुजु फच्र्यौट गर्न बाँकी रहेको छ।  

पाटन नगरपालिकाको आर्थिक वर्ष २०७५÷०७६ मा १ करोड ३५ लाख ८० हजार बेरुजु देखिएको छ। सो नगरपालिकाको आर्थिक वर्ष २०७४/०७५ को १ करोड ५१ लाख ४७ हजार बेरुजु रहेको थियो।  मेलौली नगरपालिकामा आर्थिक वर्ष २०७५/०७६ मा ३ करोड ६५ लाख ६० हजार बेरुजु देखिएको छ, भने आर्थिक वर्ष ०७४/०७५ मा ५ करोड ८ लाख ३३ हजार बेरुजु रहेको थियो। सिगास गाउँपालिकाको आर्थिक वर्ष २०७५/०७६ मा ६ करोड ६ लाख ३५ हजार बेरुजु देखिएको छ भने आर्थिक अघिल्लो आर्थिक वर्षमा ८ करोड ६१ लाख ७५ हजार बेरुजु रहेको थियो।

पञ्चेश्वर गाउँपालिकाको ०७४/७५ मा ८८ लाख २७ हजार बेरुजु रहेकोमा आर्थिक वर्ष २०७५/०७६ मा ४ करोड ३० लाख ६५ हजार बेरुजु देखिएको छ।  यस्तै पुर्चौंडी नगरपालिकाको आर्थिक वर्ष २०७४/०७५ को ४ करोड ७६ लाख ३४ हजार बेरुजु फच्र्यौट गर्न बाँकी रहेको छ भने आर्थिक वर्ष २०७५/०७६ मा ७ करोड ८३ लाख ४४ हजार बेरुजु देखिएको छ। सुर्नया गाउँपालिकाको आर्थिक वर्ष २०७४/०७५ मा ३ करोड ५७ लाख ४४ हजार बेरुजु फच्र्यौट गर्न बाँकी रहेको छ भने आर्थिक वर्ष २०७५/०७६ मा २ करोड ७६ लाख ८६ हजार बेरुजु देखिएको छ। डिलासैनी गाउँपालिकामा पनि बेरुजु बढ्दै गएको छ। आर्थिक वर्ष २०७४/०७५ मा ९३ लाख ७७ हजार बेरुजु देखिएकोमा आर्थिक वर्ष २०७५/०७६ मा ५ करोड ६५ लाख ४३ हजार बेरुजु देखिएको छ। शिवनाथ गाउँपालिकामा आर्थिक वर्ष २०७४/०७५ मा ३ करोड २५ लाख ४६ हजार बेरुजु देखिएकोमा आर्थिक वर्ष २०७५/०७६ मा भने ९९ लाख ३० हजार बेरुजु देखिएको छ। दोगडाकेदार गाउँपालिकामा आर्थिक वर्ष २०७४/०७५ मा ५ लाख १५ हजार बेरुजु देखिएकोमा आर्थिक वर्ष २०७५/७६ मा ३ करोड ८६ लाख ७४ हजार बेरुजु देखिएको छ।

 आर्थिक निमावली अनुसार बजेट खर्च नहुनु, राजनीतिक दवाबमा बजेट खर्च हुनुलगायतका कारणले स्थानीय तहहरुमा बेरुजु रकम बढ्दै गएको कोष तथा लेखा नियन्त्रक कार्यालयका लेखापाल भानदेव भट्टले बताए।

प्रकाशित: ५ श्रावण २०७७ ०४:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App