१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

महिलाको कपाल मुण्डन गरी दुर्व्यवहार गर्ने चार पक्राउ

छिपमहरमाई गाउँपालका–३ जयमंगलापुरमा एक जना करिब ४५ वर्ष उमेर भएकी महिलालाई कपाल मुण्डन गरेर दुर्व्यवहार गरेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । घटनामा पीडक आरोपीको रुपमा सोही ठाउँ बस्ने ५५ वर्षीय मुनीलाल साह कानु, ४० वर्षीय राजदेव ठाकुर, ३५ वर्षीया इन्दुदेवी र ३२ वर्षीया सन्ध्यादेवी गरी चारजना पक्राउ परेका हुन । 

छिपहरमाई –३ पर्ने छोटकी जयमंगलापुर बस्ने ति एकल महिला उमादेवीलाई बिभिन्न अपुष्ट आरोप लागउदै बिहीबार बिहान करिब ९ बजे कपाल काटेर पीडकले गाउँ घुमाएका थिए । घटना सार्वजनिक भएपछि इलाका प्रहरी कार्यालय पोखरीयाको प्रहरी टोलीले यसमा संलग्न भएकाहरुलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पर्सामा पुर्‍याएको छ । पीडित महिलाको पतिको मृत्यु दुई वर्ष अगाडि भइसकेको छ । उनका पाँच जना छोरी र एक छोरा छन् । अरुको घरमा मिहनेत मजदुरी गरेर जहान परिवार पालिरहेकी महिलालाई छिमेकीले नै यस्तो ब्यवहार गरेका हुन । 

यिनै ब्यक्तिहरुले ६ महिना अगाडि पनि ति एकल महिलालाई कुटपीट गरेका थिए । उतिबेला जिल्ला प्रहरीको महिला तथा बालबालिका सेवा केन्द्रमा यो विषयमा छलफल भएर मिलापत्र भएको थियो । भारतीय नागरिकसँग अनैतिक सम्बन्ध राखेको र बोक्सी भएको आरोप लगाउदै दुर्व्यवहार गरिएको स्थानीयले बताएका छन् । ‘बोक्सीको भन्दा गोप्य सम्बन्ध भएको आरोप लगाई घटना गराइएको प्रारम्भीक रुपमा बुझिएको छ,’ पर्साकी प्रहरी उपरीक्षक गँगा पन्तले नागरिकसित भनिन्, ‘हामीले यसमा अनुसन्धान गरिरहेका छौं ।’ 

घटनामा स्थानीय नेताहरुको संलग्नतासमेत रहेको स्थानीयले बताएका छन् । अरु आरोपीहरु फरार रहेको प्रहरीले जनाएको छ । कुटपीट समेत गरिएकी ति महिलाको बीरगंजको नारायणी अस्पतालमा उपचार र स्वास्थ्य परीक्षण गराइएको थियो । आफ्नो चरित्रमाथि सवाल उठाउदै छिमेकीले नै यातना दिएको पीडित महिलाले बताएकी छन् । उनका अनुसार घटनामा पुरुषहरुसंगै आधा दर्जन महिलाहरुको समेत संलग्नता रहेको छ । पीडित महिलाले आफूलाई निकै अपमानजनक आरोपहरु लगाउने गरेको र यातनाको घटना दोहोरिएको भन्दै न्यान दिलाउन प्रहरीसमक्ष माग गरेकी छिन् ।

प्रकाशित: १ श्रावण २०७७ १२:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App