१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सिद्धबाबामा पहिरो खस्यो, बुटवल–पाल्पा सडक अबरुद्ध

बुटवल पाल्पा सडकखण्ड अन्तर्गत सिद्धबाबामा ठूलो पहिरो खसेपछि सोमबार साँझदेखि सडक अबरुद्ध भएको छ । अविरल वर्षापछि साँझ साँढे ५ बजेतिर ढुंगा र रुख सहितको पहिरो खसेकाले बुटवल पाल्पा सडकखण्ड अवरुद्ध भएको हो ।

पाल्पा तिनाउ गाउपालिका ३ दोभान बजार देखि सय मिटर दक्षिणतर्फ ढुंगा सहितको लेदो पहिरो खस्नेक्रम जारी रहेको प्रदेश न. ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । सिद्धबाबा क्षेत्रमा बर्षा शुरु भएसँगै पहिरो खस्नेक्रम जारी रहेको छ ।

ठूलो पहिरो गएकाले तत्तकाल पहिरो हटाउन नसकिएको प्रहरीले जनाएको छ । बुटवल स्थित सडक डिभिजन कार्यालयबाट डोजर मगाइएको दोभान प्रहरीचौकीले जनाएको छ । तर, निरन्तर वर्षा भएकाले सोमबार भने सडक खुल्ने सम्भावना नभएको बताइएको छ ।

पहिरोले सडक अबरुद्ध भएपछि बुटवल र पाल्पा दोभान क्षेत्रमा सञ्चालनमा रहेका निजि सवारी साधन र अत्यावश्यक सवारीहरु रोकिएका छन् । 

प्रकाशित: २९ असार २०७७ १६:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App