१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

खोटाङमा २९ जनाको पिसिआर रिपोर्ट नेगेटिभ

खोटाङका २९ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ। भारत तथा तेश्रो मुलुकबाट आएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका २० जना र साकेला गाउँपालिकाका ९ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको हो। विभिन्न देशबाट आएपछि कोरोना संक्रमण भए/नभएको पहिचानका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट बुधबार र साकेला गाउँपालिकाबाट बिहिबार स्वाव संकलन गरेर परिक्षणमा पठाइएका आईतबार नेगेटिभ रिपोर्ट आएको खोटाङका प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए। अझै पनि पिसिआर परिक्षणको क्रम जारी छ।  

६११ जनाको पिसिआर परिक्षण  

कोभिड–१९ को महामारीकाक्रममा खोटाङमा हालसम्म ६११ जनाको पिसिआर परिक्षण गरिएको छ। कोभिड–१९ को संक्रमण भए नभएको यकिन गर्नेक्रममा दुई नगरपालिका र आठ गाउँपालिमामा ६११ जनाको पिसिआर परिक्षण गरिएको हो। पिसिआर परिक्षणकाक्रममा जिल्लामा ११ जनालाई कोरोना संक्रमण भएको पुष्टी भएको जिल्ला प्रशासन कार्यालय खोटाङले जनाएको छ। हालसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा छ जना, हलेसी तुवाचुङ नगरपालिकामा चार जना र ऐसेलुखर्क गाउँपालिकामा एक जना संक्रमित फेला परेको छ। त्यसमध्ये हलेसी तुवाचुङ नगरपालिकाका चार जना, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका दुई जना र ऐसेलुखर्क गाउँपालिकाका एक जना संक्रमित उपचारपछि घर फर्किसकेका छन्।  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका चार जना संक्रमित हालसम्म उपचारमा रहेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए।  

प्रशासनका अनुशार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका २७५, हलेसी तुवाचुङ नगरपालिकाका १९० जना, ऐसेलुखर्क गाउँपालिकाका ५० जना, खोटेहाङ गाउँपालिकाका ४९ जना, दिप्रुङ चुईचुम्मा गाउँपालिकाका ३२ जना, साकेला गाउँपालिकाका २४ जना जन्तेढुंगा गाउँपालिकाका २२ जना, रावाबेँसी गाउँपालिकाका १२ जना र बराहपोखरी गाउँपालिकाका ७ जनाको पिसिआर परिक्षण गरिसकिएको छ। केपीलासगढी गाउँपालिकाका भने कसैको पनि पिसिआर परिक्षण नगरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए।  जिल्लामा हालसम्म एक हजार ६०८ जनाको आरडिटि टेष्ट गर्दा ३० जनाको पोजिटिभ रिपोर्ट देखिएको प्रशासनले जनाएको छ।  

 

प्रकाशित: २८ असार २०७७ ११:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App