नेपाल प्रहरीले लामो समयदेखि कार्यालयमा नआएका प्रहरी कर्मचारीलाई अन्तिम अल्टिमेटम दिएको छ।
आज (मंसिर १०) प्रकाशित सूचनामा सम्बन्धित कर्मचारीहरू आफैँ खुसी गैरहाजिर बसेका र खोज्दा पनि नभेटिएकाले यो सूचना प्रकाशित भएको मितिले बाटोको म्याद बाहेक सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन आउनु भनिएको छ।
प्रहरी प्रधान कार्यालयले नआए प्रहरी नियमावलीअनुसार सेवाबाट बर्खास्त गरिने चेतावनी दिइएको छ। यो सूचना प्रकाशित भएसँगै दर्जनौँ प्रहरी कर्मचारीको जागिर खतरामा परेको छ।

प्रकाशित: १० मंसिर २०८२ ०९:०१ बुधबार


-600x400.jpg)


