२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

दिप्लुङमा विद्युत विस्तार

दिप्लुङमा विद्युत विस्तार गर्दै गाउँपालिका अध्यक्ष शंकर राई । तस्बिर : नागरिक

खोटाङको जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङमा केन्द्रीय प्रशारण लाईन अन्तरगतको विद्युत विस्तार गरिएको छ । नेपाल सरकारको ६८ लाख र गाउँपालिकाको १५ लाखको खर्चमा दिप्लुङमा विद्युत विस्तार गरिएको हो । 

हालसम्म केन्द्रिय विद्युत प्रशारणलाईन पुग्न नसकेको दिप्लुङमा विस्तार गरिएको विद्युत बिहीबार गाउँपालिका अध्यक्ष शंकर राईले उद्घाटन गरेका हुन् । वर्षौँदेखि सोलार र टुकी बल्दै आएको घरमा विद्युत विस्तार भएपछि स्थानीय हर्षित भएका छन् । हाल दिप्लुङको सिंगापुरे चौक, अल्लेगैरा, खानीगैरा, चापखोरा, नागी, दिप्लुङ्ग लगायतका गाउँका दुई सय घरमा विद्युत बालिएको गाउँपालिकाले जनाएको छ । 

जन्तेढुंगा गाउँपालिकामा पहिलोपल्ट २०७६ साल बैसाख १४ गते केन्द्रीय प्रशारणलाईन अन्तरगतको विद्युत पुगेको थियो । उसबेला गाउँपालिकाको केन्द्र चिसापानीबजारस्थित बिपीचोकमा प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईले विद्युत उद्घाटन गरेका थिए । ६ वडा रहेको गाउँपालिकाका अन्य वडामा पनि क्रमशः विद्युत बिस्तारको काम भइरहेको गाउँपालिका प्रमुख राईले बताए । काहुलेमा पनि विद्युत विस्तारको काम भइरहेको छ । काहुलेपछि क्रमशः बोपुङ, डम्बर्खुशिवालय र देबिस्थानमा विद्युत विस्तार गरिने अध्यक्ष राईले बताए । 

प्रकाशित: २६ असार २०७७ १०:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App