६ चैत्र २०८० मंगलबार
समाज

एक वर्षमा न्यायिक समितिले टुंग्यायो ७९ मुद्धा

घोराही उपमहानगरपालिकामा रहेको न्यायिक समितिले एक बर्षको अवधिमा ७९ मुद्धा किनारा लगाएको छ । यो अवधिमा जम्मा एक सय ५४ मुद्धा दर्ता भएका थिए । समितिले विहिबार पत्रकार सम्मेलन गर्दै अघिल्लो वर्षको साउन देखि अहिले सम्म एक सय ५४ मुद्धा दर्ता भएको र यी मध्ये ७९मुद्धा किनारा लागेको जानकारी दिएको हो । 

समितिमा सबैभन्दा बढी जग्गा रोक्का र खाता रोक्का सम्वन्धी ४१ वटा उजुरी परेकोमा समितिले तीन वटा मुद्धा किनारा लगाएको न्यायिक समितिका संयोजक एवं उपमहानगरपालिकाका उपप्रमुख सीता सिग्देल न्यौपानेले जानकारी दिइन्। जग्गा रोक्का तथा खाता रोक्का सम्वन्धी मुद्धाहरूमा दुबै पक्षलाई जुटाउनदेखि घट्ना प्रकृतिलाई अध्ययन गर्नुपर्ने भएका कारण मिलाउन ढिलाई भएको न्यौपानेले बताइन्।  

त्यसैगरी लेनदेनका २८ वटा मध्ये २०, घरेलु हिंसाका १५ वटा मध्ये १२, जग्गा विवाद सम्बन्धी ३१ वटा मध्ये १९ वटा, बातावरण सम्बन्धी तीन वटामा सबै, मानाचामल सम्बन्धी १४ वटा मध्ये ६ वटा र अन्य प्रकृतिका २० वटा मुद्धा मध्ये १६ वटा मुद्धा फर्छयौट भएको जानकारी दिइन्। उनका अनुसार गाली वेईज्जती सम्बन्धी १ र कुलोपानीका १ मुद्धामा मिलापत्र हुन नसक्दा बाँकी रहेका छन् ।

प्रकाशित: २५ असार २०७७ १३:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App