७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

फास्ट ट्रयाक विवाद : खाेकनाका स्थानीय र प्रहरीबीच झडप

फास्ट ट्रयाकमा पर्ने जग्गामा धान रोप्न थालेपछि स्थानीय र प्रहरीबीच झडप भएको छ । विकासका नाममा उर्वर भूमि विनाश भइरहेको भन्दै विरोध स्वरुप धान रोपिरहेका किसानलाई अवरोध गरेपछि झडप भएको हो । किसानहरू सामूहिक रुपमा धान रोप्न गएपछि झडप भएको हो । नेवाहरूको आफ्नो भूमि माथिको अधिकार भएपछि सरकारले विकास परियोजनाका नाममा हराभरा र उर्वर भूमिलाई विनाश गर्ने हिसाबले काम गरिरहेकाले विरोध गरिएको उपत्यकाव्यापी सडक पीडित संघका कोषाध्यक्ष विद्या श्रेष्ठले बताइन्। तीन हजार वर्ष अगाडीको नेवा सभ्यता विनास गर्न खोज्ने सरकारको कामका विरुद्ध धान रोपेर विरोध गरिएको उनले बताइन्।

किसानहरू संयुक्त रुपमा धान रोपाई गर्न थालेपछि विहानै देखि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो । प्रहरीले धान रोप्न नदिएपछि नाराबाजी सुरु गरेका थिए । स्थानीयहरू रुद्रायणी मन्दिरमा भेला भएर ट्रयाक्टर, कुटो कोदालोसहित कुदेश, सिकाली हुँदै खुडोल पुगेका थिए । उपत्यकाका विभिन्न स्थानबाट मानिसहरु किसानको समर्थनमा खोकना पुगेर धान रोप्न सुरु गरेका थिए । ‘फास्ट ट्रयाक चाँहिदैन किसान मार्न पाईदैन’, ‘भूमाफिया होसियार’, ‘सम्पूर्ण किसान एक होउ’ भन्ने नारा लगाएर प्रहरीलाई ढुंगामुडा प्रहार गरेपछि झडपको अवस्था आएको हो ।  

खेत रोपाईमा प्रहरीले अवरोध गरेपछि आक्रोशित स्थानीयको भिडलाई तितरवितर पार्न प्रहरीले अश्रुग्यास र हवाई फायर गरेको थियो । बाहिरी चक्रपथ, काठमाडौं तराई द्रुतमार्ग र मातातीर्थ—भक्तपुर १३२ केभी प्रसारणलाईन खोकना हुँदै बनाउने योजना सरकारले अघि सारेपछि स्थानीयले विरोध गरिरहेका हुन् । सांस्कृति सम्पदाहरूमाथि विकासका नाममा विनास गर्न नहुने भन्दै स्थानीय विरोधमा उत्रेका हुन् । झडपमा केही घाइते समेत भएका छन् ।

प्रकाशित: २० असार २०७७ ०९:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App