६ चैत्र २०८० मंगलबार
समाज

खर्च पारदर्शी र नगर सभा गराउन माग गर्दै नगर प्रमुखलाई ज्ञापनपत्र

नगर प्रमुख पौडेललाई ज्ञापन पत्र बुझाउँदै काँग्रेसका नेता कार्यकर्ता।

अपारदर्शी तरिकाले बजेट रकमलाई खर्च गरेर अनियमितता गरिएको र समयमै नगर सभा समेत गराउन नसकिएको भन्दै खर्च पारदर्शी गर्न र नगर सभाको माग गर्दे जीतपुरसिमरा उपमहानगरपालिका प्रमुख डा.कृष्ण पौडेललाई ज्ञापन पत्र बुझाइएको छ।

नेपाली कांग्रेस जितपुरसिमरा नगर सभापति श्यामबाबु गुप्ताको नेतृत्वमा गएको टोलीले खर्च पारदर्शी नगर्दा दिन दिनै संस्थागत भ्रष्टाचार बढेको जसले गर्दा नगरसभा सदस्यहरु नगरसभा गर्नमा समस्या खडा गरेको भन्दै नगर प्रमुख पौडेललाई आठबुँदे माग राख्दै ज्ञापन पत्र बुझाएका हुन्।

ज्ञापन पत्र बुझाउन भन्दा पहिला  सिमरामा आयोजना गरिएको पत्रकार सम्मेलन कांग्रेसबाट विजयी उपमहानगरका वडाध्यक्षहरुले कोरोना अस्पतालको अपारदर्शी सञ्चालन खर्च, सडक निर्माण र विकासका नाममा उपभोक्ता समिति खडा गरी संस्थागत भ्रष्टाचार भएको आरोप लगाएका थिए।

जिल्लाका १६ वटा स्थानीय तहहरु मध्ये अधिकाँशमा नगर सभाको उदघाटन गरिए पनि जितपु सिमरा उपमहानगरपालिकामा भ्रष्टाचारको विवाद व्यापक बनेको र यसमा उपमहानगरको नेतृत्व मौन बसेको भन्दै बाध्य भएर उपमहानगरको विकास र समृद्धीको लागि ज्ञापन पत्र बुझाइएको कांग्रेस नगर कमिटीका सभापति श्यामबाबु गुप्ताले बताएका छन्।

नगर सभा सदस्यहरुमा नेकपाको बहुमत रहे पनि नगर प्रमुखको अपारदर्शी कार्यले गर्दा आफनै पार्टीका पदाधिकारीहरुलाई संतुष्ट गर्न नसक्दा उपमहानगर विकास निर्माणमा पछि पर्ने डर समेत रहेको पत्रकार सम्मेलनमा नगर सभापति  गुप्ताले बताए।

आठबुँदे ज्ञापनपत्रमा उपमहानगरको हालसम्मको आय–व्यय सार्वजनिक गर्नुपर्ने, वैज्ञानिक आधार र मापदन्डअनुसार वडागत बजेट विनियोजन गर्नुपर्नेलगायतका माग गरिएको छ ।

ज्ञापन पत्र बुझाउन सभापति गुप्ता सहित, नगर सचिव शुसिल ढोडारी, काँग्रेसका पुर्व सचेतक डा. शोभाकर पराजुली, प्रदेश सभा सदस्य शोभा लामा , कृष्णब्रत सिँह, छवि शर्मा, निरु रायमाझी लगाएत बिभिन्न वडाका वडा अध्यक्षहरुको सहभागिता रहेको थियो। ज्ञापन पत्र बुझदै नगर प्रमुख पौडलले खर्च पारदर्शी गर्ने र नगर सभा छिटै गराउन प्रतिबद्धता समेत गरेका थिए।

प्रकाशित: १९ असार २०७७ १५:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App