१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

क्वारेन्टिनमै आत्महत्या गरेका पुरुषमा कोरोना पोजेटिभ

गत १७ गते क्वारेन्टिनमै झुन्डिएर आत्महत्या गरेका गंगादेव गाउँपालिका ५ का ३१ वर्षका पुरुषमा कोरोना भाइरस पोजेटिभ पुष्टि भएको छ । रोल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र रानाका अनुसार मृतकको स्वाब भेरी अस्पताल नेपालगञ्जमा परीक्षण गरिएको थियो ।  

प्रमुख जिल्ला अधिकारी नरेन्द्र रानाका अनुसार कोरोना देखिए पछि पोष्टमार्टम नगर्ने भनिएकाले दाङको तुलसिपुरमा त्यहाको सेनाले शव व्यवस्थापनको तयारी गरिरहेको छ । आत्महत्या गरेकाले मृतकको शव पोष्टमार्टमका लागि दाङ लगिएको थियो ।  

यो सँगै रोल्पामा कोरोना भाइरस संक्रमितकोे संख्या ४८ पुगेको छ । उनी  दुवईबाट असार १० गते रोल्पा आएका थिए । क्वारेन्टिनहरू खाली नभएपछि उनी गाउँकै काका नाता पर्नेको घरमा होम क्वारेन्टिनमा एक्लै बस्दै आएका थिए ।

मृतकका परिवार, भेटघाट गरेका व्यक्ति, स्वास्थ्यकर्मी तथा शव व्यवस्थापनमा खटिएका स्थानीय समेतलाई क्वारेन्टिनमा राखेर कोरोना परीक्षणका लागि स्वाब संकलन गरेर पठाउने तयारी भइरहको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित: १९ असार २०७७ ०९:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App