१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बेलहियामा रोकेर राखिएको जेसिविमा अज्ञात समूहद्वारा आगजनी

अज्ञात समूहले जलाएको जेसिवि ।

प्रसौनी गाउँपालिका ६ बेलहियामा राखिएको जेसिविमा आगजनी गरिएको छ । बंगरी खोलाको बाढीको पानीलाई नियन्त्रण गर्न खोलाको दुबैतिर बाँध बाधने कार्यमा प्रयोग गरिएको जेसिविलाई बुधबार राति १ बजेको समयमा आगजनी गरिएको बारा प्रहरीले जनाएको छ ।  

बाराका प्रहरी नायब उपरिक्षक गौतम मिश्रले बेलहिया टोलमा राजहरण राउतको घर अगाडी राखिएको जेसिवीमा आगजनी भएको बताएका छन् । आगजनीबाट जेसिवीको अधिकाँश भाग जलेको र यस कार्यमा संलग्नलाई कारवाही गर्न अनुसन्धान सुरु गरिएको उनले बताए ।  

बर्षायाममा गाउँमा बगरी नदिको पानी पस्ने भएकोले पूर्व तयारी गर्न आफुले नदीको बाँध बाधनको लागि जेसिवि ल्याएर काम गराईरहेको प्रसौनी गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष वृजकिशोर कुशवाहाले बताएका छन् ।  

बेलहिया गाउँदेखि मनगढवासम्म बँगरी नदिको पानीको सतहले पुरा गाउँ नै डुबानमा पर्ने गरेको अवस्थामा त्यसलाई नियन्त्रण गर्न तराई मधेश समृद्धि कार्यक्रमबाट बजेट ल्याएर नदी नियन्त्रण गराउँदा राजनितिक प्रतिशोध साधन जेसिवी जलाइएको आरोप वडाध्यक्ष कुशवाहाले लगाए ।  

 

 

प्रकाशित: १८ असार २०७७ १०:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App