२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
समाज

जलबिरेमा तीन सवारीसाधन ठोक्किँदा २६ घाइते, मुग्लिङ-नारायणगढ सडक खुल्यो

नारायणगढ–मुग्लिन सडक खण्डको जलविरेमा दुईवटा बस र एउटा ट्रक एकापसमा ठोक्किँदा २६ जना घाइते भएका छन्।

काठमाडौंबाट दाङ जाँदै गरेको लु.प्र.०३–००१ ख०५०५ नम्बरको बस र सर्लाहीबाट काठमाडौं जाँदै गरेको म.प्र. ०३–००२ ख ७३२ नम्बरको बस र सोही दिशामा पछाडिबाट आउँदै गरेको बा.प्र.०३-००१ ख.१६७१ नं.को ट्रक एक आपसमा ठोक्किएका थिए।

आज बिहानदेखि सञ्चालनमा आएको सडक उक्त दुर्घटनाका कारण केहीबरे पुनः अवरुद्ध हुन पुगेको थियो। अहिले यातायात सञ्चालनमा आइसकेको छ। थप विवरण आउन बाँकी छ।

प्रकाशित: ३ श्रावण २०८३ ०९:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App