जिल्ला अदालत काठमाडौंले आर्थिक वर्ष २०८२/८३ मा २६ हजार ४४५ मुद्दा फैसला गर्न सकेन।
सो आर्थिक वर्षमा कुल ४६ हजार २७७ थान मुद्दा दर्ता भएकामध्ये १९ हजार ८३२ थान मुद्दा फैसला भएका थिए।
गत भदौ २४ गतेको जेनजी आन्दोलनका कारण अदालतमा रहेका मिसिलमा ठूलो क्षति पुग्न गएकाले मुद्दा फैसला गर्न ढिलाइ भएको जिल्ला अदालत काठमाडौंका प्रमुख न्यायाधीश चुडामणि खड्काले जानकारी दिए।
दुई हजार २३० थान मुद्दा जलेकामा १९० थान मुद्दा फेला पार्न बाँकी रहेको छ।अदालतमा गत मङ्सिर १४ गतेबाट नियमति सुनुवाइ भएको थियो।
प्रकाशित: ५ श्रावण २०८३ ११:४० मंगलबार




