१६ श्रावण २०८३ शनिबार
image/svg+xml
अपराध

जेनजी आन्दोलनमा भागेका सहकारी ठगीका कैदी पक्राउ

जेनजी आन्दोलनका क्रममा डिल्लीबजार कारागारबाट फरार भएका सहकारी ठगी मुद्दाका एक कैदी पक्राउ परेका छन्।

प्रहरीका अनुसार काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका-५ बस्ने सिबी लामा भनिने चन्द्रबहादुर तामाङ गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा डिल्लीबजार कारागारबाट फरार भएका थिए। उनलाई मकवानपुरको हेटौँडा उपमहानगरपालिका-९ बाट पक्राउ गरिएको हो।

पक्राउ परेका तामाङलाई आवश्यक कानुनी कारबाहीका लागि कारागार कार्यालय, भीमफेदी, मकवानपुर पठाइएको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित: ५ श्रावण २०८३ २१:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App