४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

आफन्तबाटै बलात्कारको शिकार बन्छन् किशोरी

गत बैशाख ११ गते जिल्लाको ज्वालामुखी गाउँपालिकाकी १७ वर्षीया किशोरी आफ्नै काका (कान्छा बुबा)बाट बलात्कृत भएको घटना सार्वजनिक भयो। पटक–पटक बलात्कार हुँदा ती किशोरी गर्भवती भइन्। पेटमा भएको बच्चा फालेर  घटनालाई लुकाउने प्रयासमा परिवारका सदस्य नै सक्रिय भए। बलात्कारका कारण किशोरीको पेटमा भएको बच्च फाल्न केटा पक्षले उनलाई धादिङ अस्पताल हुँदै चितवन  पु-याए।  

किशोरी चितवन पुग्दा बच्चा जन्मने मिति दुई दिन मात्रै बाँकी रहेकाले कुनै पनि अस्पतालले गर्भमा रहेको बच्चा फाल्न स्वीकार गरेनन्। त्यसपछि पीडित किशोरीलाई चितवनमै लुकाएर राखियो। त्यसपछि त्यो घटना प्रहरीलाई जानकारी भयो। तत्काल प्रहरीले किशोरीको उद्धार गरेर धादिङ ल्यायो।

प्रहरीले बैशाख १२ गते उद्धार गरेपनि बैशाख १३ गते  ती किशोरीले जिल्ला अस्पताल धादिङबेसीमा बच्चालाई जन्म दिइन्। प्रहरीले बलात्कारको आरोपितलाई पक्राउ गरेर अनुसन्धान सुरु ग-यो। जिल्लाको सिद्धलेक गाउँपालिकाकी १७ वर्षीया किशोरी ८ महिनाअघि मामा नाता पर्ने एक युवकबाट बलात्कृत भइन्। उनको पेटमा ८ महिनाको बच्चा भएपछि मात्रै घटना सार्वजनिक भयो।  

घटना सार्वजनिक भएपछि बलात्कृत गर्भसहित किशोरीलाई गाउँकै अर्का युवाको जिम्मा लगाइयो। प्रहरीले उक्त घटना थाहाँ पाएपछि बलात्कार गर्ने केटालाई पक्राउ ग¥यो। तर, परिवारले मुद्दा चलाउन चासो देखाएन। एउटा गैरसरकारी संस्थाको सहयोगमा मुद्दा दर्ता गरियो। पीडित किशोरी सुरक्षित आवास गृहमा छिन्।

यी घटना केही प्रतिनिधि मात्र हुन्। बच्चा जन्माउने क्षमता र उमेर नै नपुगेका बालिकाहरू बलात्कारको सिकार हुनुपरेको छ। शारीरिक रूपमा परिपक्क नहुँदै बालिकाहरु बच्चा जन्माउनुपर्ने बाध्यतामा छन्।  

त्रिपुरासुन्दरी गाउँपालिकाकी १४ वर्षीय बालिका छिमेकीबाट बलात्कृत भइन्। किशोरीको पेट बढ्दै जाँदा उनी गर्भवती भएको थाहाँ भयो। उनले गत साउनमा बच्चा जन्माइन्। घटनापछि समाज र परिवारको डरले किशोरी घर जान सकिनन्। अहिले ती बालिका चितवनमा रहेका आफन्तसँग बस्दै आएकी  बस्दै आएकी छन्।  

बलात्कृत भएपछि किशोरीहरू घरबाटै निकालिनु परेको छ। घटना सार्वजनिक भएपछि फर्केर घर जान सक्ने अवस्था नभएको पीडित बालिकाको भनाइ छ। शारीरिक रूपमा अपरिपक्क अर्कोतिर, सानै उम्मेरमा समाज, घरपरिवारबाट विस्थापित हुनुपर्दा थप पीडा हुने गरेको उनीहरूको गुनासो छ।  

छिमेकी र आफन्तबाटै बलात्कृत हुँदा सधैंका लागि खुसी गुम्ने गरेको पीडितको भनाइ छ। फूलजस्ती बालिकामाथि कल्पना पनि गर्न नसकिने बलात्कारको घटनाले समाजलाई नै गिज्याएको छ। माया र संरक्षण गर्ने आफन्तबाटै जीवनमा गहिरो चोट पाएकी ती किशोरी न आफ्नो पढाइ सञ्चालन गर्नसक्छन्, न समाजमा सहज रूपमा बाच्न सक्छन्। पढ्दै गरेकी ती बालिका अभिभावकको मायाबाट त बञ्चित हुन्छन नै, घरपरिवार र आफन्तबाट समेत टाढा हुनुपर्ने बाध्यता छ।  

जिल्ला प्रहरी कार्यालय धादिङको तथ्यांक अनुसार आर्थिक वर्ष २०७४÷७५ मा जबर्जस्ती करणीका २१ वटा, जबर्जस्ती करणी उद्योगका ११ वटा मुद्दा दर्ता भएको तथ्यांकमा उल्लेख छ। आर्थिक वर्ष २०७५÷७६ मा जबर्जस्ती करणीका २८ वटा, जबर्जस्ती करणी उद्योगका ११ वटा र बाल यौन दुव्र्यवहारका ५ वटा मुद्दा दर्ता भएको प्रहरीले जानकारी दिएको छ।  

चालु आर्थिक वर्षको जेठ महिनासम्म जबर्जस्ती करणीका ३२ वटा, जबर्जस्ती करणी उद्योगका १६ वटा र बाल यौन दुव्र्यवहारका २ वटा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी रूपक खड्काले जानकारी दिए। आफ्नै घरपरिवार र चिनजानकै व्यक्तिबाट बलात्कारका घटना हुने गरेको तथ्यांकले देखाएको उनको भनाइ छ।

बलात्कारको घटनामा पीडित सधैँ कमजोर हुने र पीडकलाई सधैं समाजले संरक्षण गर्ने हुँदा यस्ता घटनाहरू बढ्दै गएको सहयात्री समाज नेपालका कार्यकारी निर्देशक तथा अधिवक्ता राधिका सापकोटाले बताइन्। घटना महिनौंसम्म लुकाउने र अन्य कारणले सार्वजनिक भएपछि बलात्कार जस्तो अपराधलाई मिलाउन समाजका अगुवा र पीडितका परिवारनै सक्रिय हुँदा थप समस्या हुँदै गएको उनको भनाइ छ।

प्रकाशित: १४ असार २०७७ ०३:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App