रास्कोटीलाई कटुवा पेस्तोल र लुटेर संकलन गरगहना सहित पक्राउ गरेको प्रहरी नायव उपरिक्षक कृष्ण सिवाकोटीले बताए। 'नवलपरासीको समुहसँग मिलेर गाउँमा लुटपाट मच्चाउँदै आएको रहेछ,' सिवाकोटीले भने,' पेस्तोल प्रयोग गरेर लाखौँको धनमाल लुटपाटमा संलग्न भएको स्विकार गरेको छ।'
रास्कोटी सहित पाँच जनाको समूहले गत १६ गते ग्वालिचौर-८, गणेश घिमिरेको घरबाट नगद सहित करिव ७लाख५० हजार रुपैयाँ लुटपाट गरेको प्रहरीले जनाएको छ। स्कोटीको घरबाट कटुवा पेस्तोल सहित सुनको मंगल सुत्र, सिक्री, रिङ ५ थान, मुन्द्रा ७ थान, औँठी १ थान, माला १ , मुगा, खुकुरी बरामद गरेको प्रहरी कार्यालयका सूचना अधिकृत शैलेन्द्र खड्काले बताए। 'आफ्नै गाउँमा लुटपाट गरेर गहना संकलन गरेको पाईयो,' खड्काले भने,' अपराधिक गतिविधीमा संलग्न देखिन्छ।' यस अगाडिपनि सोही गाउँमा पटक-पटक भएका लुटपाटका घटनामापनि उसको संलग्नता हुन सक्ने प्रहरीको अनुमान छ।
रास्कोटीले दगातुन्डाँडामा कुकुरा फारम सञ्चालन गर्ने भए पनि नवलपरासीको एक समुहसँग सम्बन्ध रहेको स्विकार गरेका छन्। 'नवलपरासीको चार जनाको अपराधिक समुहसँग सम्बन्ध भएको स्विकार गरेको छ,' डिएसपी सिवाकोटीले भने, ' फरार अन्य चोर, डाँकाको खोजी भैरहेको छ।' रास्कोटीलाई हातहतियार खरखजना र डाँका मुद्दा लगाउने उनले बताए।
पछिल्लो समयमा अवैध हतियार प्रयोग गरेर अपराधिक घटना बढेपछि प्रहरीले कडाई गरेको छ। प्रहरीले केही समय यता चार थान अवैध बन्दुक र पेस्तोल बरामद गरेको छ।
प्रहरीले सोमवारनै अवैध भरुवा बन्दुक र थारको छाला सहित एक जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय बुर्तिवाङबाट खटिएको टोलीले बन्यजन्तुको छाला सहित देविस्थान-६ बाहुनगाउँका ईन्द्रबहादुर छन्त्याललाई पक्राउ गरेको हो। उनीसँगबाट उनीबाट एक थान भरुवा बन्दुक, थारको छाला, बारुद बनाउन प्रयोग हुने पाँच सय ग्राम सोडा, चार सय ग्राम गन्धक बरामद गरेको ईलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरिक्षक दुर्गा बहादुर श्रेष्ठले बताए। 'अवैध रुपमा बन्यजन्तुको सिकार गरेको सुराकीको आधारमा पक्राउ गरेका हौँ,' श्रेष्ठले भने।
प्रकाशित: २५ वैशाख २०६९ १२:५५ सोमबार





