१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सलह नेपाल भित्रियो

फाइल तस्बिर

केही समयदेखि चर्चामा रहेको सलह किरा भारतबाट नेपाल प्रवेश गरेको छ । आज विहान साढे सातदेखि आठ बजेको समयमा भारतको विहार हुँदै भैरहवादेखि नवलपुर क्षेत्रमा प्रवेश गरेको हुनसक्ने सलह किरा नियन्त्रणका लागि सरकारले गठन गरेको प्राविधिक समितिमा संयोजक तथा प्लान्ट क्वारेन्टाइन तथा विषादी केन्द्रका प्रमुख सहदेव हुमागाईले नागरिकलाई बताए ।  

‘आएको जानकारी भएपछि कृषि ज्ञानकेन्द्रसँग समन्वय गरेर प्राविधिकहरु पठाएका छौं, थप जानकारी आउन बाँकी छ,’ उनले भने,‘ अहिले किरा यत्तिमै रुख र भुईंमा बसेको जानकारी आएको छ, सलह हो या त्यही प्रजातिको किराहो अनुन्धान गर्दै छौं ।’

उनले बथान कति ठूलो छ यकिन नभएकोले भारतबाट बथान फुटेर तितरवितर भएर आएको हुनसक्ने बताए । उनले भने,‘हामीलाई प्राप्त केही फोटो र भिडियो छन् तर ति स्पष्ट भएनन्, थप छलफलमा हाम्रो प्राविधिक समिति जुटेको छ ।’ रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले यस विषयमा आफूलाई जानकारी नआएको बताए । उनले भने,‘के रहेछ, म बुझ्छु ।’

प्रकाशित: १३ असार २०७७ ०६:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App