२४ कार्तिक २०८३ मंगलबार
image/svg+xml
समाज

जुम्लामा परम्परागत पानी घट्ट लोभ हुँदै

जुम्लामा पछिल्लो समयमा परम्परागत पानी घट्टहरू लोप हुँदै गएका छन्। गाउँघरमा विद्युतबाट सञ्चालन हुने मिल आएसँगै पानीबाट चल्ने घट्टहरू सङ्कटमा परेको पातारासी गाउँपालिका–१ का स्थानीय गोविन्द बुढाले बताए।

ग्रामीण क्षेत्रका खोलाको पानीबाट चल्ने घट्टहरूमा स्थानीयवासीले मकै, गहुँ, जौँ, कोदो र फापर लगायतका अन्न पिस्ने गर्दछन्।

समय अनुसार आधुनिक विद्युतीय मिलको सञ्चालन बढ्दै गएपछि ग्रामीण क्षेत्रका पानीघट्ट हराउँदै गइरहेको पातारासी गाउँपालिका–१ स्थानीय बुढाले बताए।

गाउँमा आधुनिक मिल र बिजुली नपुगेका बेला पानीघट्ट अन्न पिस्ने साधन मात्र थिएन, गाउँको आत्मनिर्भर जीवनको महत्त्वपूर्ण आधारसमेत रहेको थियो। गाउँमा बिजुली, सडक र आधुनिक प्रविधिको पहुँच बढ्दै गएपछि पानीघट्टको प्रयोग क्रमशः घट्दै गएका सिञ्जा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले बताए।

हाल प्रयोगविहीन रहेका पानीघट्टलाई कतिपयले सुधार गरी आधुनिक प्रविधि अनुसार पिसानी, तेल र काठ चिरानीसमेत गर्न सक्ने घट्ट बनाएर संचालनमा ल्याएसँगै पुराना पानीघट्ट लोप हुने अवस्थामा पुगेको सिञ्जा गाउँपालिका अध्यक्ष धितालको भनाइ छ।

कुनै समय जुम्लाका गाउँमा प्रचलनमा रहेका पानीघट्ट अहिले कतिपय ठाउँमा देख्नै मुस्किल हुन थालेका छन्। पानीघट्ट हराउँदै जाँदा त्यसको प्रयोग, बनावट र सञ्चालनको परम्परागत ज्ञानसमेत नयाँ पुस्ताबाट टाढिँदै गएको सिञ्जा गाउँपालिका अध्यक्ष धितालले बताए।

प्रकाशित: २४ कार्तिक २०८३ १३:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App