१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

विपद जोखिम न्यूनीकरणका लागि सुरक्षा सचेतना अभियान सुरु

डिएसपी नारायणप्रसाद चिमोरियालाई सुरक्षा सचेतना सम्वन्धी पुस्तिका हस्तान्तरण गर्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाल । तस्बिर : दमन/नागरिक

खोटाङमा विपद जोखिम न्यूनीकरणका लागि सुरक्षा सचेतना अभियान सुरु गरिएको छ । वर्षा याम सुरु भएसँगै निम्तिने प्राकृतिक विपत्तीबाट सर्वसाधारणको जिउधनको रक्षाका लागि समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत शुक्रबारदेखि सुरक्षा सचेतना अभियान सुरु गरिएको हो । भूकम्प, आगलागी, पहिरो, बाढी तथा डुवान लगायतका प्राकृतिक विपत्तीबाट जीवन सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयले सुरक्षा सचेतना अभियान थालेको समुदाय प्रहरी जिल्ला समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए । 

जिल्लाका नागरिक काम बिशेषले तराई वा लेकाली क्षेत्रमा समेत पुग्ने भएकाले शितलहर र लेक लाग्नबाट बच्ने उपायका बारेमा समेत जानकारीमुलक कार्यक्रम सञ्चालन गरिने समुदाय प्रहरी जिल्ला समितिले जनाएको छ ।  

सुरक्षा सचेतना अभियानकाक्रममा खोटाङका ४२ हजार ६४७ घरधुरीमा पुगेर सुरक्षा सचेतना सम्वन्धी सचेतनामुलक पुस्तिका वितरण गरिने जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नारायणप्रसाद चिमोरियाले बताए । भूकम्प, आगलागी, पहिरो, बाढी तथा डुवान लगायतका प्राकृतिक विपत्तीबाट सर्वसाधारणको जीवन बचाउका लागि हरेक घरमा एक÷एक प्रति सचेतनामुलक पुस्तिका पु¥याउने लक्ष्यका साथ अभियान थालिएको हो ।

जिल्लाका १० स्थानीय तहमध्ये हालसम्म ६ वटा स्थानीय तहको सहयोगमा २२ हजार पाँच सय घरपरिवारलाई पुग्ने सचेतनामुलक पुस्तिका प्रकाशन गरिसकिएको छ । अन्य स्थानीय तहको सहयोगमा थप पुस्तिका प्रकाशन गरिने डिएसपी चिमोरियाले बताए । सचेतनामुलक पुस्तिका समुदाय–प्रहरी पालिका समिति, वडा समिति र टोल समितिमार्फत घर–घरमा वितरण गरिने जानकारी दिइएको छ । ‘प्राकृतिक विपत्ती आइपर्ने समय सुरु भएकाले सुरक्षा सचेतना अभियान सुरु गरिएको हो,’ डिएसपी चिमोरियाले भने, ‘लकडाउनको समयमा समुदाय केन्द्रित कार्यक्रम गर्ने अवस्था नहुँदा घर–घरमा पुगेर सचेतनामुलक कार्यक्रम गर्ने निर्णय गरिएको हो ।’

जिल्ला समन्वय समितिको सभाहलमा आयोजित कार्यक्रममा संविधानसभा सदस्य दुर्गाजयन्ती राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाल, जिल्ला समन्वय समितिका उपप्रमुख गोमादेबी खत्री, नेपाली कांग्रेसका सचिव ज्ञानेन्द्र जोशी लगायतले विपद जोखिम न्यूनीकरणका लागि सुरक्षा सचेतना अभियान अन्तरगत वितरण हुने पुस्तिका अध्ययन गर्न सर्वसाधारणलाई आग्रह गरेका छन् । कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर रिजालले डिएसपी चिमोरियालाई सचुतनामुलक पुस्तिका हस्तान्तरण गरेका छन् । 

प्रकाशित: १२ असार २०७७ १३:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App