१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सप्तकोशी नदीमा यस वर्षकै उच्च पानीको वहाव

फाइल फाेटाे ।

सप्तकोसी नदीमा यस वर्षकै उच्च पानीको बहाव पुगेको छ। विहीबार रातिदेखि बढेको पानीको वहाव शुक्रबार अपरान्ह ४ बजेको मापन अनुसार एक लाख ७७ हजार ७२० प्रतिसेकेन्ड क्यूसेक पुगेको छ ।  पहाडी जिल्लामा पानी पर्दा कोशी नदीमा पानीको वहाब बढ्ने गर्छ । ‘अरु दिन सामान्य गतिमा रहेको पानी रहेकोमा कोशीमा विहीबार (हिजो राति) देखि भने निरन्तर वहाव बढ्दो गतिमा छ,’ कोशी ब्यारेज प्रहरीका असई कुलबहादुर खत्रीले भने ।  

पानीको वहाब बढीरहेकाले गर्दा कोशी ब्यारेजका ५६ ढोकामध्ये अहिले २७ वटा ढोका खुल्ला राखिएको छ। पानी वहाव बढीरहे आवश्यकता अनुसार थप ढोका खुल्ला गरिने जिल्ला प्रशासन कार्यालय सुनसरीले जनायो । यहाँको प्राविधिक जिम्मेवारी भारतीय पक्षको जिम्मेवारीमाा हुने गर्छ । अहिलेसम्म पानीको वहाव बढेपनि कुनै समस्या भने छैन् ।  

कोशी ब्यारेजमा अहिले खतराको संकेत रातो बत्ती भने बालिएको छ । कोशी ब्यारेजमा पानीको बहाव एक लाख ५० हजार काट्ने वितिकै सर्वसाधारणलाई सचेत गर्नका निम्ति वत्ती बाल्ने गरिन्छ । यस्तो  खतराको संकेत गर्दा एक लाख ५० हजार पानीको वहाब कट्नेवित्तिकै अटोमेटिक पश्चिमतर्फ रातो बत्ती बाल्ने गरिन्छ ।  दुई लाख काटनेवितिकै पूर्वतर्फको अर्को रातो बत्ती बालिने गरिन्छ । पानीको बहाव तीन लाख काटनासाथ मध्यभागमा पनि रातो बत्ती बाल्ने गरिएको छ । यी तीनवटै वत्ती पानीको वहाव बढे अनुसार अटोमेटिक नै बाल्ने नियम  छ । कोशी ब्यारेजमा एक लाख ५० हजार क्यूसेकसम्म सामान्य मानिन्छ ।  

कोशी ब्यारेजको कुल भारवहन क्षमता ९ लाख क्यूसेक  छ। पछिल्लो १९ वर्षयताको तथ्यांक हेर्दा सप्तकोसीमा चार लाख क्यूसेकभन्दा माथि पानी बढेको छैन् । सन् २००० देखि अहिलेसम्म चार लाख क्यूसेकभन्दा माथि पानी नबढेको कोशी ब्यारेज कन्ट्रोल रुमको रकेर्डमा छ ।  

सप्तकोसी अहिलेसम्मको इतिहासमा सवैभन्दा बढी स्न १९६८ मा सात लाख ८८ हजार २०० क्यूसेक पुगेको थियो । सन् १९८७ मा ५ लाख २३ हजार ७७१ क्यूसेक पुगेको थियो । कोशी व्यारेज बन्दा शुरुवातका वर्षमा कोसी नदीले झन्डै आठ लाख क्यूसेक पानीको क्षमता धानेपनि त्यसपछिका वर्षहरूमा पानीको लेभल घटदै गएको पाइन्छ । पछिल्लो समय कोशी व्यारेज  भन्दा माथिल्लो भागमा वालुवा थुप्रिएका कारण थोरै पानीको बहावमा पनि खतरा हुने गर्छ ।  

२०६५ भदौ–२ गते एक लाख ६८ हजार क्यूसेक पानीको वहाव हुदाँ सप्तकोसी नदीले पूर्वी तटबन्ध भत्काएको थियो । त्यतिबेला कोशीले पूर्वी तटबन्ध भत्काउँदा कोसी गाउँपालिकाका चारवटा मानववस्तीमा पसेको  थियो । त्यतिबेला सप्तकोसी नदीले पूर्वी तटबन्ध भत्काउदा ७ हजार ५ सय ६३ परिवार विस्थापित भएका  थिए । २०६५ सालअघि कोशी पूर्वको बराहक्षेत्र क्षेत्रका थुप्रै परिवार कोशीबाट पीडित भएका छन् । २०२२ सालयता वराहक्षेत्र क्षेत्रका मात्र ३ हजार नौ सय परिवार पीडित भएको तथ्यांकले देखाएको छ । तथ्यांकअनुसार आठ हजार ६ सय विघा  खेतीयोग्य उर्वर भूमि कोसीले कटान गरेको छ ।

कोशी ब्यारेजमा १५ वर्षअघिसम्म पानीको उच्च खतराको लेभल पुग्दा साइरन बज्ने गरेपनि अहिले सम्म  साइरन नबज्दा सर्वसाधारण भने त्राहीमाम हुने गरेका छन् । पानीको लेभल उच्च हुँदा सर्वसाधारणलाई सर्तक गर्ने सिस्टम नहुँदा त्राहीमाम भएका हुन् ।

प्रकाशित: १२ असार २०७७ ११:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App