१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

रिपोर्ट नआउँदा स्वास्थ्यकर्मी अस्पतालमै थुनिए, सबै सेवा ठप्प

पर्वत जिल्ला अस्पताल। तस्बिर:नागरिक

चारदिनअघि एकहप्ताको समयमा दुई चिकित्सक, दुई स्टाफ नर्स र एक कार्यालय सहयोगी गरी पाँच जना स्वास्थ्यकर्मीको रिपोर्ट कोरोना पोजेटिभ देखियो। कोरोना पोजेटिभ देखिएका स्वास्थ्यकर्मीले असार २ गतेदेखि ४ गतेसम्म बिरामी चेकजाँच गरेका थिए। आइसोलेसनका बिरामीको उपचारमा संलग्न भएका उनीहरुले पर्वत अस्पतालका बिरामीको उपचारमा समेत संलग्न भएको पाइयो। उक्त रिपोर्टपछि अस्पतालका सबै सेवा ठप्प पारियो।  

अन्य स्वास्थ्यकर्मीलाई पनि अस्पतालभित्रै राखेर ६५ जना स्वास्थ्यकर्मीसँगै उनीहरुको सम्पर्कमा आएका ८१ जनाको स्वाब पोखरास्थित प्रयोगशालामा पठाइयो। पर्वत अस्पतालले इमरजेन्सी रुपमा रिपोर्ट निकाल्न माग गर्दै पठाएपनि चारदिनसम्म पनि रिपोर्ट नआउदा त्यहाँ कार्यरत स्वास्थ्यकर्मी पर्वत अस्पतालमा बन्धक बनेका छन्।  

‘अस्पताल बन्द छ, स्वास्थ्यकर्मी अस्पतालभित्रै थुनिएको चार दिन भयो, एकदम इमरजेन्सी भनेर पठाएको र बारम्बार फोन गर्दा पनि आज आउछ, भोली आउछ भनेर रिपोर्ट नदिने प्रदेश ल्याबलाई के भन्ने ? पर्वत अस्पतालका प्रमुख डा.शिशिर देवकोटाले भने। डा.देवकोटाका अनुसार रिपोर्ट नआउदा अस्पतालको इन्डोरमै ४०÷४५ जना स्वास्थ्यकर्मी थुनिएका छन्। अन्य पाँच जना माउन्टेनभ्यु होटल, पाँच जना कोरोना अस्पतालमा, पाँच जना ब्लुएन्जल रिसोर्टमा राखिएको छ।  

अस्पतालले चारदिनअघि इमरजेन्सीबाहेकका सेवा बन्द गरिएको भनेपनि अहिले अस्पतालमा इमरन्जेन्सी सेवा पनि चल्न सकेको छैन। ‘स्वास्थ्यकर्मीको रिपोर्ट नआउदासम्म अस्पतालको इमरजेन्सी सेवा दिन पनि सकेनौ’ डा.देवकोटाले भने। प्रयोगशालामा स्वाब पठाएपछि जिल्ला अस्पताललाई पूर्ण रुपमा बन्द गरिएको छ। ‘सेवा प्रवाहमा समस्या भएको छ’ डा. देवकोटाले भने।  

यस अघि स्वाब पठाइएका मध्ये २५ जनाको रिर्पोट आएपनि बाँकी स्वास्थ्यकर्मीहरुको रिर्पोट आएको छैन। २५ जना मध्ये थप दुई जना संक्रमीत हुँदा कुल संक्रमीत स्वास्थ्यकर्मीको संख्या सात पुगेको छ। आइतबार बेलुकासम्म २ जना संक्रमीतको अर्को रिर्पोट भने नेगेटिभ देखिएको छ। प्रयोगशालाले समयमा रिर्पोट नदिदा अस्पतालको सेवा प्रवाहमा समस्या सृजना भएको छ।  

जिल्लाकै सरकारी क्षेत्रको ठूलो अस्पतालको सेवा बन्द हुँदा विरामीले सास्ती बेहोरेका छन्। प्रहरीले शवको पोष्टमाट्म देखि बन्दीहरुको स्वास्थ्य परिक्षण गर्न बाहिरी जिल्ला धाउनुपरेको छ। डा. देवकोटाले प्रयोगशालाको रिर्पोट समयमा नआउँदा धेरै झण्झट र समस्या बेहोर्न परेको गुनासो गर्छन। अहिले अस्पताल भित्र ४५ जना स्वास्थ्यकर्मीहरु रिर्पोट कुरेर बसीरहेका छन्।

प्रकाशित: ८ असार २०७७ ०४:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App