coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

८५ घर परिवारलाई राहत

दिप्लुङका विपन्न परिवारलाई राहत बाँड्दै गाउँपालिका अध्यक्ष शंकर राई लगायत । तस्बिर : नागरिक

खोटाङको जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङका ८५ घर परिवारलाई राहत बाँडिएको छ । लकडाउनका कारण आयमुलक काम गर्न नपाउँदा समस्यामा परेका विपन्न परिवारलाई छानेर आइतबार चामल, दाल, तेल लगायतका खाद्य सामग्री प्रदान गरिएको हो ।

स्थानीय युवा रकेट राईको पहलमा कोरियामा रहेका नेपालीबाट संकलन गरिएको ८५ हजार ६ सय र नेपालमै रहेका दाताबाट संकलन गरिएको २४ हजारमा खाद्य सामग्री जुटाएर विपन्न र दलित परिवारलाई राहत प्रदान गरिएको हो ।  

पाँच जनाभन्दा बढी सदस्य संख्या भएका परिवारलाई प्रति परिवार ३० केजी र पाँच जनाभन्दा कम सदस्य संख्या भएका परिवारलाई १५ केजीका दरले चामल वितरण गरिएको स्थानीय जगत किरातीले जानकारी दिए । गाउँपालिकाका अध्यक्ष शंकर राई, उपाध्यक्ष विमला राई, वडाध्यक्ष लगायतको उपस्थितिमा विपन्न परिवारलाई राहत बाँडिएको हो ।  

प्रकाशित: ७ असार २०७७ १२:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App