१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पहिरोले पोखरा–बागलुङ सडक अवरुद्ध

गएरातिदेखि परेको अबिरल बर्षाका कारण पहिरो जाँदा पोखरा–बागलुङ सडक अबरुद्ध भएको छ। कुश्मा नगरपालिका वडा नम्बर १ सहस्रधारास्थित पाङ जानेबाटोबाट आएको पहिरोले सडक अबरुद्ध भएको हो। सडक अबरुद्ध भएपछि पर्वतको कुश्माबाट बागलुङ, म्याग्दी, मुस्ताङ जाने र ती जिल्लाबाट पर्वत हुँदै बाहिरिने सवारी साधन पनि चल्न पाएका छैनन्।  

अहिले पनि निरन्तर बर्षा भएका कारण सडकबाट पहिरो पन्छाउन कठिनाई भइरहेको जिल्ला प्रहरी प्रमुख बिश्वमणी अधिकारीले जानकारी दिए। ‘बर्षा नरोकिदा पहिरो पन्छाउन कठिनाई भइरहेको छ’ उनले भने–‘पहिरो पन्छाउनका लागि बर्षा रोकिने प्रतिक्षा गरिरहेका छौ।’  

उनले पहिरो हटाउनका लागि डोजरसहितको ब्यवस्था तयारी अवस्थामा राखिएको पनि जानकारी दिए। लकडाउनका कारण यात्रुवाहक सवारी साधन सञ्चालनमा नआएपनि पहिरोले सडक अबरुद्ध भएपछि एम्बुलेन्स, दुध, तरकारीका सवारी साधन आवतजावत हुन नसक्दा समस्या भएको छ।

प्रकाशित: ६ असार २०७७ ०३:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App