१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

११ दिनमा ३ हजार २३६ संक्रमित थपिए, १० जनाकाे कोरोनाबाट मृत्यु

नेपालमा शनिबार २ सय ७३  जना कोरोना संक्रमित थपिएका छन् । यीसँगै नेपालमा संक्रमितको संख्या ५ हजार ३ सय ३५  पुगेको छ । तीमध्ये ९ सय १३ जना निको भइसकेका छन् भने १८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । शनिबार ३६ जना निको भएर घर फर्केका छन् भने दुईजनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । हालसम्म संक्रमण ७२ जिल्लामा पुगेको छ ।

जेठ २० गतेसम्म नेपालमा दुई हजार ९९ बिरामी भेटिएका थिए भने पछिल्लो ११ दिनमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको तथ्यांकले देखाएको छ । ११ दिनमा तीन हजार दुई सय ३६ जना संक्रमित थपिएका छन् । पछिल्लो समयमा संक्रमितको संख्या दोब्बरभन्दा बढी भएको छ ।

जेठ ५ गतेसम्म नेपालमा ३ सय ७५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका तत्कालीन प्रवक्ता डा. विकास देवकोटाले बताएका थिए । जेठ ६ गतेदेखि जेठ २० गतेसम्म १ हजार ७ सय २४ जना थपिएका थिए ।

जेठ २० गतेसम्म नेपालमा दुई हजार ९९ बिरामी भेटिएका थिए भने पछिल्लो ११ दिनमा तीन हजार दुई सय ३६ जना संक्रमित थपिएका छन् ।

शनिबार थपिनेमा सबैभन्दा धेरै रौतहटका ९२ जना छन् । यस्तै सुर्खेतका ४०, दैलेखका ३०, कपिलवस्तुका २५, बाँकेका १८, रोल्पाका १७ र सर्लाहीका १३ जनाको रिपोर्ट पोजेटिभ आएको छ । यस्तै, पर्सा र बर्दियामा ६–६ जना, झापा र रुपन्देहीमा ५–५ जना, मोरङ र पर्वतमा ४–४ जना, दाङ र गुल्मीमा २–२ जना, महोत्तरी, बारा र नवलपरासी एकएकजनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ५ हजार ६ सय ६१ जनाको पिसिआर परीक्षण गरिएको छ । हालसम्म पिसिआर परीक्षणको संख्या १ लाख २७ हजार २ सय ८८ पुगेको छ । यस्तै आरडिटी परीक्षणको संख्या १ लाख ९० हजार ५ सय ८२ पुगेको छ । पछिल्लो २४ घण्टामा २ हजार ५ सय २० नमुनाको आरडिटी परीक्षण गरिएको छ । यस्तै मोबाइल एप र मन्त्रालयको बेवसाइटमा भरिएको विवरणका आधारमा रेड जोनमा पर्नेको संख्या थप दुई गरी ४ सय ९७ पुगेको छ ।

प्रादेशिक तथ्यांक हेर्दा सबैभन्दा बढी प्रदेश २ मा १ हजार ९ सय ८७ जना र प्रदेश ५ मा १ हजार ५ सय २० जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार प्रदेश १ का १३ जिल्लामा संक्रमण फैलिएको छ । प्रदेशभरिमा ३ सय ४६ संक्रमित भेटिएका छन् भने १ सय ६४ जना उपचारपछि घर फर्केका छन् ।

प्रदेश २ का आठ जिल्लामा १ हजार ९ सय ८७ जना संक्रमित पुष्टि भएका छन् भने ३ सय ८० जना उपचारपछि घर फर्केका छन् । प्रदेश २ मा शनिबार दुई मृतकमा कोरोना पुष्टि भएपछि मृत्यु हुनेको संख्या तीन पुगेको छ ।  

वाग्मती प्रदेशका १२ जिल्लामा १ सय८६ जनामा कोरोना संक्रमण देखिएको छ भने ४६ जना डिस्चार्ज भएका छन् । प्रदेश ३ मा चारजनाको कोरोनाबाट मृत्यु भएको छ । गण्डकी प्रदेशका नौ जिल्लामा १ सय ९२ जना संक्रमित भेटिएका छन् भने १४ जना निको भएर घर फर्केका छन् । यो प्रदेशमा एकजनाको मृत्यु भएको छ ।

प्रदेश ५ का १२ जिल्लामा १ हजार ५ सय २० जनामा कोरोना पुष्टि भएको छ भने २ सय ७१ जना निको भएर घर फर्केका छन् । प्रदेश ५ मा हालसम्म कोरोनाबाट पाँचजनाको मृत्यु भइसकेको छ । कर्णाली प्रदेशमा ९ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २५ जना उपचारपछि घर फर्केका छन् । त्यस्तै यस प्रदेशमा कोरोनाबाट तीनजनाको मृत्यु भइसकेको छ ।

सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा १ सय ९२ जनामा संक्रमण पुष्टि भएको छ भने १३ जना निको भएर घर फर्केका छन् । दुईजनाको मृत्यु भएको छ । हालसम्म मनाङ, मुस्ताङ, रसुवा र हुम्लामा संक्रमित भेटिएका छैनन् ।

प्रदेश अनुसार संक्रमित हुनेको संख्या

प्रदेश             संक्रमित संख्या         निको भएको संख्या         मृत्यु

प्रदेश १               ३४६                         १६४                         –

प्रदेश २               १९८७                       ३८०                         ३

वाग्मती                १८६                          ४६                          ४

गण्डकी                १९२                          १४                           १

प्रदेश ५                १५२०                       २७१                          ५

कर्णाली                 ९१२                         २५                            ३

सुदूरपश्चिम             १९२                         १३                             २

कुल                      ५३३५                     ९१३                           १८

प्रकाशित: ३२ जेष्ठ २०७७ ०४:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App