१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

युएन टोली सुदूरपश्चिमको अनुगमनमा

संयुक्त राष्ट्रसंघको अनुगमन टोली कोराना संक्रमणबारे जानकारी लिन सुदूरपश्चिम आएको छ । चार्टड गरेको यति एयरलाइन्स विमानबाट नेपालका  लागि युएनडिपीका अवासीय प्रमुख आयशने लावेको नेतृत्वमा  सो टोली यहाँ आएको हो ।  

सो टोलीमा नेपाल सरकारका प्रतिनिधिको पनि सहभागिता छ । सरकारका तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, उद्योगसचिव चन्द्र कुमार घिमिरे, योजना आयोगका सदस्य शुशील भट्ट सहभागी छन् । टोलीले यस क्षेत्रमा कोरोना संक्रमणको अवस्था, रोकथामका प्रयास, भारतबाट फर्कनेको अवस्था र क्वारेन्टिनलगायतका बिषयमा छलफल गरेको थियो ।

पिसिआर मेसिन अभावमा नमुना संकलन रोकिएको, स्वास्थ्य उपचार नपाएर क्वारेन्टिनमा धमाधम मृत्यु हुन लागेको जटिल अवस्था सुदूरपश्चिममा छ । यसैगरी, संकलित नमुना जाँच हुन नसकेर आरडिटी जाँचमा पोजेटिभ रिपोर्ट आएका तीन चार सातादेखि क्वारेन्टिनमा छन् । क्वारेन्टिनमा वालवालिका भोकभोकै छन् भने स्वास्थ्य जाँच र उपचार छैन ।  

अस्तव्यस्त क्वारेन्टिनमा उपचार नपाएर कयौंको मृत्यु भइरहेको, प्रयोगशालाको अभावमा पिसिआर जाँच नभएका बेला जहाज चार्टड गरेर अनुगमन गरेकोमा सर्वसधारणलाई हर्ष न विस्मात भएको स्थानीयले बताएका छन् ।

प्रकाशित: २९ जेष्ठ २०७७ २३:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App