२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

राजपुर हत्याकाण्डका अर्का अभियुक्त पक्राउ

चर्चित राजपुर हत्याकाण्डका एक आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । २०६४ चैत २७ गते संविधान सभाको निर्वाचनको पूर्व सन्ध्यामा तत्कालीन राजपुर फरहदवा गाविस वडा नम्बर ४ हाल हाल राजपुर नगरपालिका वडा नम्बर ४ मा रहेको शेख ईद्रिसको गोठघरमा भएको बम विस्फोटमा परी मृत्यु हुने तथा घाइते हुनेहरुलाई जलाइएको भनिएको राजा इँटा उद्योगका एकजना मिस्त्रीलाई प्रहरीले पक्राउ गरेको हो ।  

बम विस्फोटमा परी दुई तीन जनाको मृत्यु भएको र १५/१६ जना घाइते भएको भनिएको थियो । घटनाका मुख्य आरोपी भनिएको साँसद तथा नेपाली काँग्रेसका नेता महम्मद आफताब आलम पक्राउ परिसकेका छन् । घटनाका अन्य फरार आरोपीमध्ये इँटा उद्योगका काम गर्ने मिस्त्रीलाई प्रहरीले बाराबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा बारा जिल्लाको तत्कालीनन हरिपुर गाविस वडा नम्बर ४ हाल सिमरौनगढ नगरपालिका वडा नम्बर ४ घर भएका बेदामी साहका छोरा करिब ५५ वर्षे मुक्ति साहलाई प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटेको प्रहरी टोलीले बाराबाटै पक्राउ गरेको डिआईजि धीरजप्रताप सिंहले जानकारी गराएका छन् ।

पक्राउ परेपछि अभियुक्तलाई अदालतमा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाइएको छ । अभियुक्त साहलाई एक दुई दिनमा अदालतमा पेश गरिने जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख एसपि रविराज खड्काले बताएका छन् । अभियुक्त साहको पिसिआर टेस्ट गरेर अदालतमा पेश गरिने एसपि खड्काले बताएका हुन् ।

बम विस्फोटका मृतक तथा घाइतेलाई जिउँदै इँटा भटीमा जलाएको प्रत्यक्षदर्शीको रुपमा साह रहेको बताइन्छ । चर्चित हत्याकान्ड भनिएको राजपुर बम काण्डका मुख्य आरोपी महम्मद आफताब आलमपछि पक्राउ पर्ने साह दोस्रो अभियुक्त हुन् ।

प्रकाशित: २६ जेष्ठ २०७७ १६:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App