१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सिरहामा २ जना संक्रमित थपिए, ४९ पुग्यो संख्या

प्रदेश २ मा संक्रमितको संख्या १०७९

लहान शनिबार साँझ सिरहाको भगवानपुर गाउँपालिकाको दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बालासुन्दरी माध्यमिक विद्यालय क्वारेन्टिनमा रहेका १७ वर्षीय दुई जना युवामा संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी सरोज गुरागाईंले बताए ।

संक्रमित दुबैजना भारतको हरियाना र चन्दीगढबाट सिधै क्वारेन्टिनमा आएको गाउँपालिका अध्यक्ष बेचन प्रसाद यादवले बताए । उनीहरू जेठ ४ गत्ते क्वारेन्टिनमा आएका थिए ।  

जेठ १७ गत्ते उनीहरुको स्वाब संकलन गरी प्रादेशिक प्रयोगशाला जनकपुर पठाइएको स्वाब परीक्षणको परिणाम शनिबार पोजेटिभ आएको हो ।

संक्रमित दुबैजनालाई एम्बुलेन्समा राखेर जिल्ला कोभिड विशेष अस्पताल सिरहा पठाइएको अध्यक्ष यादवले बताए । दुई जना थपिएसँगै भगवानपुर गाउँपालिकामा संक्रमितको संख्या ६ पुगेको छ । सिरहामा संक्रमितको संख्या ४९ पुगेको छ । प्रदेश २ मा संक्रमितको संख्या १०७९ पुगेको छ ।

प्रकाशित: २४ जेष्ठ २०७७ १४:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App