११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

कोरोनाको राजधानी बन्दै कपिलवस्तु, एक महिनामै ५ सय २३ संक्रमित

कोरोनाको राजधानी बनेको कपिलस्तुमा एक महिना मै संक्रमितको संख्या  ५ सय नाघेको छ । बिहीबार दिउँसोसम्म अएको तीन पटकको नतिजा अनुसार जिल्लामा ४८ जना संक्रमित पुष्टी भएसंगै कोरोना संक्रमितको संख्या ५ सय २३ पुगको हो । गत बैशाख २५ गते मायादेबी गाउँपालिकामा पहिलो पटक २ जनामा संक्रमण देखिएको थियो ।

शनिबार ४ पालिकाका ४९ जना संक्रमित थपिएको जिल्ला स्वास्थय कार्यालयले जनाएको छ । महाराजगंज नगरपालिकाका ३७, बुद्धभुमी नगरपालिकाका ४, बिजयनगर गाउँपालिकाका ५, यशोधरा गाउँपालिकाका २ छन् । महाराजगन्ज नगरपालिकाका वर्ष ४ देखि ४६ सम्मका ३१ पुरुष र वर्ष ६ देखि ५५ सम्मका ६ महिला(गरी ३७) जना छन् ।  

त्यस्तै यशोधरा गाउँपालिका वाड न ७ का वर्ष २५ महिला १ र वर्ष २५ का पुरुष १ जना छन् । विजयनगर गाउँपालिका वडा न ३ वर्ष २५ का १ जना पुरुष ,वडा न ५ का वर्ष २४ का १ जना पुरुष र वडा न ६ वर्ष २२,३२,४८ का पुरुष ३ जना छन् । बुद्द्भुमी नगरपालिका वडा न ५ वर्ष १९,२९ का २ जना पुरुष, वडा न ६ का वर्ष २३,३६ का २ जना पुरुष छन् । सबै नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु काठमाडौमा परीक्षण गरिएको हो । भेटिएका सबै संक्रमित भारतबाट ३ साता अघि नेपाल फर्कका हुन । सबै जना क्वारेन्टिनमा छन् ।  

जिल्लाको कुन पालिकामा कति

जिल्लाको दुई पालिकामा कोरोना संक्रमितको संख्या सय नाघेको छ । यशधोरा र महाराजगंजमा सय बढी संक्रमित देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लाको १० वटै पालिमा कोरोना संक्रमित भेटिएका छन् । सबै भन्दा बढीे यशोधरामा १ सय ३७ , मकहराजगंजमा १ सय २ संक्रमित भेटिएका छन् । मायादेबीमा ५४, शिवराजमा ४८, कृष्णगनरमा ५२ , सुद्धोदनमा २९, कपिलवस्तु नपामा २९, बुद्धुभुमीमा २९ , बिजयनगरमा मा २१ बाण्गंगामा २२ संक्रमित भेटिएका छन् । जिल्लामा ३२ जना कोरोनामुक्त भएका छन् ।  

कपिलवस्तुमा एक हजार संक्रमित भेटिने अनुमान

एक महिनामै पाँच सय बढी संक्रमित भेटिएको कपिलस्तुमा एक हजारको हाराहारीमा संक्रमित भेटिने अनुमान गएिको छ । जिल्ला बिपद ब्यवस्थापन समितिले भारतबाट फर्केर क्वारेन्टिनमा बसेको संख्या, आरटिडी र पिसिआर परीक्षणको नतिजा अनुसार जिल्लामा एक हजार संक्रमित भेटिने आकडा पेश गरेका हो । त्यही आधारमा जिल्लामा एक हजार बेडको आइृसोलेसन तयार गर्ने गरी प्रकृया अघि बढाईएको प्रजिअ दीर्घनारायण पौडेले बताए । ‘अहिलको अवस्था हेर्दा जिल्लामा एक हजार संक्रमित भेटिने अनुमान गरेका छौ ’ उनल भने । कपिलवस्तुमा ५ हजार ९९४ को स्वाब संकलन गरिएकोमा ४ हजार २१४ जनाको रिपोर्ट आईसकेको छ । यस्तै ११ हजार ६७ जनाको आरडिटी गर्दा १ हजार २ सय ८९ जना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।  

संक्रमण समुदायमा नगएको स्वास्थय कार्यालयको दाबी

कपिलवस्तुमा कोरोना संक्रमित तीब्र गतिमा बढे पनि अझै समुदायमै संक्रमण नगएको स्वास्थय कार्यालयले जनाएको छ । भेटिएका संक्रमित मध्ये १८ जना मात्र क्वारेन्टिन बाहिरका हुन । त्यसमध्ये ४ जा सुरक्षाकर्मी, चार जना संचारकर्मी, २ जना स्वास्थ्यकर्मी, २ जना कर्मचारी, एक जना वडाध्यक्ष हुन । यिनीहरुले अग्रपंक्तिमा जोखिम मोलेर काम गरेका थिए । बाणगंगा नगरपालिकाका– ४ ठकुरापुरकी ६ र ८ वर्षिया बालिका र त्यही पालिकाको एक सक्रमित संचारकर्मीका २ जना परिवार गरी चार जनामा कोरोना देखिएको छ ।  

स्वास्थ्य कार्यालयका प्रमुख योगेन्दै भगतल अनुसार भारतबाट फर्केर क्वारेन्टिनमा बसेकाहरुमा नै कोरोना देखिएको छ । उता क्वारेन्टिनमा बस्नेको संख्या समेत निरन्तर घटेको छ । १२ हजारसम्म पुगेकोमा अहिले २ हजार ५ सयको हारहारीमा मात्र क्वारेन्टिनमा रहेको भगतले बताए ।

प्रकाशित: २४ जेष्ठ २०७७ ११:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App