१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

लकडाउनको ७५ औं दिन : उपत्यकामा सवारी चाप बढ्याे

सरकारले जारी गरेको लकडाउनको आज ७५औं दिन पुगको छ । कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ गते यता लकडाउन गर्दै आएको छ । सरकारले लकडाउनलाई जेठ मसान्तसम्म लम्ब्याएको छ ।  

लामो समयसम्म लकठाउन भएपछि जनजीवनसँगै आर्थिक जीवनमा समेत असर पर्न थालेका कारण केहीदिन यता मानिसहरु लकडाउनको प्रवाह नगरी काममा निस्कन थालेका छन् । जसका कारण काठमाडौं उपत्यकाका मुख्य सडकहरुमा सवारी चाप बढेको छ ।  

शनिबार बिदाको दिन भएको र पानी समेत परेकाले उपत्यकामा सवारी चाप केही कम देखिएको छ । उपत्यकाका विभिन्न ठाउँमा पुग्दा सवारी चाप कम भएको पाइएको हो । प्रहरीले विभिन्न ठाउँमा चेकजाँचलाई कडाई पारेको छ । अत्यावस्यक सेवा र सवारी पास नलिई हिंडने सवारीलाई नियन्त्रणमा लिई कारबाही गरेको देखिन्छ ।

उपत्यकाका भित्रि सडकहरुमा पनि सवारी साधन र मानिसहरुको आवागमन देखिन्छ । केही खाद्य सामग्रीका पसलहरु खुलेका छन भने मानिसहरु आफ्नो घर नजिकको पसलसम्म पुगेर किनमेल गरिरहेको देखिन्छ  । 

प्रकाशित: २४ जेष्ठ २०७७ ०७:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App