२२ माघ २०८२ बिहीबार
image/svg+xml
समाज

मकैमा फौजीकिराको प्रकोप

जिल्लाका विभिन्न स्थानमा लगाएको मकैबालीमा फौंजीकिराको प्रकोप देखिएको छ। फौंजीकिराले मकैका बोटको पात र गाबो नष्ट गर्ने गरेको किसानले बताएका छन्। जिल्लाको गोकुलेश्वर क्षेत्रमा मकैबालीमा फौजीकिराको प्रकोप देखिएको हो। मकै भित्र्याएर रोपाई गर्ने ठाउँका किसानले चैत महिनामै मकै छरेका थिए। ती ठाउँमा मकैमा फौजीकिराको प्रकोप देखिएको कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख कर्णबहादुर चन्दले जानकारी दिए।

मकै भित्र्याएर रोपाई गर्ने ठाउँका किसानले चैत महिनामै मकै छरेका र ती ठाउँका मकैबालीमा फौजीकिराको प्रकोप देखिएको उनले बताए। फौजीकिराको प्रकोप देखिएका ठाउँमा मकैबाली सखाप हुँदै गएको चन्दले बताए। मकैबाली बैतडीको मुख्य खाद्यबाली भए पनि फौजीकिराको प्रकोपले यसको उत्पादनमा असर पार्ने देखिएको छ।

जिल्लाको पुर्चौडी क्षेत्रमा पनि मकैबालीमा किराको प्रकोप देखिएको छ। भर्खरै उम्रेका मकैमा किरा लाग्न थालेपछि स्थानीय किसान चिन्तित भएका छन्। बैतडीमा १४ हजार ५ सय हेक्टर जमिनमा मकै खेती गरिँदै आएको छ।

 

 

 

प्रकाशित: २३ जेष्ठ २०७७ ०४:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App