coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

पत्रकारलाई एप्रोन र मास्क

प्रेस संगठनमा आवद्ध पत्रकारलाई एप्रोन हस्तान्तरण गरिँदै । तस्बिर : नागरिक

खोटाङका प्रेस संगठन आवद्ध पत्रकारलाई प्रेसको एप्रोन र मास्क प्रदान गरिएको छ । कोरोना भाइरसको महामारीकाक्रममा जोखिम मोलेर समाचार सम्प्रेषण गरिरहेका प्रेस संगठनमा आवद्ध ३० जना पत्रकारलाई लोगो सहित प्रेस लेखिएको एप्रोन र केएन नाइन्टिन मास्क प्रदान गरिएको हो । प्रेस संगठनका केन्द्रीय सदस्य हरिबोल आचार्य र सल्लाहकार डम्बरसिं राईले व्यक्तिगत १७ हजारभन्दा बढिको खर्चमा संगठनमा आवद्ध पत्रकारलाई एप्रोन र मास्क उपलव्ध गराएका हुन् ।  

दिक्तेलस्थित इन्द्रेणी होटलमा भएको भेटघाटमा संगठनका केन्द्रीय सदस्य आचार्य र सल्लाहकार राईले प्रेस संगठनकै जिल्ला संयोजक खेमराज अधिकारी र सह–संयोजक सुर्य तामाङलाई एप्रोन र मास्क हस्तान्तरण गरेका थिए । महामारीको समाचार संकलनमा पत्रकारको सहजताका लागि काठमाडौंबाट एप्रोन र मास्क ल्याएर प्रदान गरिएको संगठनका केन्द्रीय सदस्य आचार्यले बताए । एप्रोन र मास्क हस्तान्तरण कार्यक्रममा पत्रकारिता तथा मिडियाको अवस्थाको अवस्थाका विषयमा समिक्षा गरिएको थियो । 

प्रकाशित: २२ जेष्ठ २०७७ १६:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App