१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

कोरोना संक्रमित १९ जना कर्णाली प्रतिष्ठानको आइसोलेसनमा

कर्णाली प्राविधिक शिक्षालय जुम्लामा निर्माण गरिएको एकीकृत क्वारेन्टिनमा पिसिआर परीक्षणमा कोरोना पोजेटिभ देखिएका १९ जनालाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका आइसोलेसनमा राखिएको छ । भारतबाट आएका १६ जना, सुरक्षाकर्मी दुई जना र एक जना स्वास्थ्यकर्मीलाई कर्णाली प्राविधिक शिक्षालयको क्वारेन्टिनबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा राखिएको हो ।

संक्रमति कसैलाई पनि अहिले सम्म कुनै लक्षण देखिएको छैन् । तत्कालका लागि अन्य व्यवस्थापन नहँुदा सम्म उनीहरूलाई आइसोलेसनमा राखिएको कर्णाली प्रतिष्ठानले जनाएको छ । कर्णाली प्राविधिक शिक्षालयको क्वारेन्टिनमा पिसिआर परीक्षणमा पोजेटिभ आएकालाई छुट्टै ब्लकमा राखिएको थियो । संक्रमितले तत्काल उपचारको प्रबन्ध गर्नुपर्ने माग गरेपछि उनीहरूलाई अस्पतालको आइसोलेसनमा ल्याइएको हो । क्वारेन्टिनमा रहेका सबैलाई पिसिआर परीक्षण गरिने भएको छ ।

पहिलो पटक संक्रमण देखिएकोले त्रास बढेको भन्दै संक्रमितलाई आइसोलेसनमा राखिएको प्रतिष्ठानका रजिष्टार विश्वराज काफ्ले बताउँछन् । तर अब भारतबाट आउनेको चाप अत्याधिक भएकोले परीक्षण गर्दा पोजेटिभ देखिएका तर लक्षण बिहिनका व्यक्तिलाई स्थानीय तह तथा अन्य स्थानमा सुरक्षित राख्दा पनि फरक नपर्ने चिकित्सकहरू बताउँछन् । लक्षण देखिएकालाई अब अस्पताल ल्याईने छ, प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्ले भन्छन्, ‘पोजेटिभ भएर लक्षण देखिएका र असर भएका ब्यक्तिमात्रै अस्पतालमा ल्याइनेछ । अन्यथा स्थानीय तहमै आइसोलेसनको व्यवस्थापन गर्दा नै बेश होला । ’

 कर्णाली प्रतिष्ठानमा आइसोलेसन १ सय २० बेड र भेन्टिलेटर ९ बेड र आइसियु १० बेड छन ।  आइसोलेसनमा सिसि क्यामरा जडान गरिएको छ । संक्रमित सबै डा. धिरज गुरुङको निगरानीमा छन् । २४ सैँ घण्टा उनीहरूलाई डा. गुरुङले काउनीसलिङ गररहेका छन् । खाना नास्ता सबै प्रतिष्ठानले बेहोरीरहेको छ ।  

पिसिआर पोजेटिभ देखिदैमा अस्पताल जानु पर्दैन । ८० प्रतिशत कोरोनाका बिरामी आफै निको हुने गरेको देखिएको छ । एक दमै गाह्रो भएपछि मात्र अस्पतालमा ल्याउनुपर्छ । रजिष्टार काफ्ले भन्छन्,‘आइसोलेसन भित्रको अवस्था निकै राम्रो छ । उपचार राम्रो संग भइराखेको छ । कुनै लक्षण देखिएको छैन् । मात्र परीक्षणका क्रममा पोजेटिभ देखिएको हो ।आत्म बल बढाउने कार्य गरौँ । ’ आइसोलेसनमा स्वास्थ्यकर्मीले कारोना संक्रमण र जोगिने उपायका बारेमा सहजीकरण गरिरहन्छन् ।   कोरोनाको आफ्नो औषधि र भ्याक्सिन पनि छैन् । रजिष्टार काफ्ले थप्छन्,‘कोरोना संक्रमितलाई पुन परीक्षण गरेर नेगेटिभ रिर्पोट आएको खण्डमा घरमा फर्काउन सकिने अवस्था छ ।  

यो संकटपुर्ण घडिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई हौसला चाहिएकोले सबै क्षेत्रबाट साथ सहयोगको आशा गरेको कर्णाली प्रतिष्ठानले जानकारी दिएको छ ।  

जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा कोरोना संक्रमितलाई आइसोलेसनमा राखिने बताउँछन् । उनले भने,‘कुनै पनि संक्रमितलाई औषधि उपचार र रेखदेखबाट बञ्चित नहुने व्यवस्थापन हुदैँछ । यो कार्यमा सबैको साथ चाहिन्छ ।’

प्रमुख जिल्ला अधिकारी थापाले क्वारेन्टिन निर्माण गरिएको क्षेत्रमा एक आइसोलेसन बनाउनु पर्नेमा जोड दिए । उनले हरेक गाउँ तथा नगरपालिकामा आइसोलेसन सहितको क्वारेन्टिन निर्माणमा जोड दिन आग्रह गरे ।

कोरोना संक्रमितलाई आइसोलेसनमा ल्याउन प्रमुख जिल्ला अधिकारी थापा सहित सुरक्षाकर्मी, कर्णाली प्रतिष्ठानका रजिष्टार काफ्ले, निर्देशक डा. मंगल रावल लगायतको टोली एकीकृत क्वारेन्टिनमा पुगेको थियो । क्वारेन्टिनमा बसेका स्वास्थ्यकर्मीको गुनासो संवोधन गर्दै प्रमुख जिल्ला अधिकारी थापाले यो संकटको घडिमा परिचालन हुने स्वास्थ्यकर्मीको उच्च मुल्यांकन हुने बताए । उनले क्वारेन्टिनमा बसेकाहरूको स्वास्थ्य परीक्षण र आफ्नो स्वास्थ्यको ख्याल गर्न समेत आग्रह गरेका थिए ।

प्रकाशित: २२ जेष्ठ २०७७ ०७:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App