१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

ललितपुर महानगरमा होल्डिङ सेन्टर

ललितपुर महानगरपालिकाले अन्तर्राष्ट्रिय उडान खुलेपछि नेपाल फर्कने वडावासीलाई राख्न प्रत्येक वडामा होल्डिङ सेन्टर खोल्ने भएको छ । विदेशबाट नेपाल फर्किनेहरू कोरोना भाइरसबाट संक्रमित हुनसक्नेतर्फ सावधानी अपनाउँदै महानगरले होल्डिङ सेन्टर खोल्न लागेको हो ।  

कोरोना भाइरसको संक्रमण फैलन सक्ने खतरालाई औंल्याउँदै सरकारले असार दोस्रो सातापछि अन्तर्राष्ट्रिय उडान खोल्ने बताएको छ । ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले महानगरको प्रत्येक वडामा खोलिने यस्ता सेन्टरमा विदेशबाट फर्किएकाहरूलाई राखिने बताए । विदेशबाट आउनेहरू सीधै उक्त सेन्टरमा तोकिएको अवधि बसेर आवश्यक परीक्षणहरू सकेपछि मात्रै घर जान पाउनेछन् ।  

सामाजिक विकास समितिका संयोजक तथा वडा २४ का अध्यक्ष दिनेश कार्कीले वडाहरूमा होल्डिङ सेन्टर बनाउन त्यस्ता ठाउँहरूको पहिचान भइरहेको बताए । होल्डिङ सेन्टर सामुदायिक भवन, पार्टी प्यालेस, विद्यालयलगायत ठाउँमा सञ्चालन गरिनेछ ।

प्रकाशित: २१ जेष्ठ २०७७ ००:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App