८ वैशाख २०८१ शनिबार

कोरोनाको समयमा बनाइएका होल्डिङ सेन्टर प्रयोगविहीन

कोरोना सङ्क्रमणको समयमा करिब दुई अघि पर्साको वीरगञ्जस्थित भारतीय सीमानाकामा निर्माण गरिएका होल्डिङ सेन्टर यतिबेला प्रयोगविहीन अवस्थामा छन्।

पशुलाई ३० घण्टासम्म बिनादानापानी चरम यातना

विराजले पशु ढुवानी गर्न थालेको आधा दशक भयो। कम्तीमा सातामा एक पटक राँगाभैंसी लिएर उनी राजधानी काठमाडौं पुग्छन्। तर काठमाडौंसम्म राँगाभैंसी पु¥याउन उनलाई कम्ती सकस पर्दैन।

होल्डिङ सेन्टर रित्तै, छाप्रोमा हेल्थ डेस्क

सरकारले भारतसँग जोडिएका नाकामा कोभिड –१९ का लागि होल्डिङ सेन्टर निर्माण गरे पनि सञ्चालनमा आउन सकेको छैन।

कर्णालीका नाकामै अस्पताल संक्रमण फैलिन नदिन सतर्कता

कर्णालीको प्रमुख नाका बबईमा भारत, तेस्रो मुलुक र अन्य प्रदेशबाट आउने नागरिकहरूलाई छिन्चुमा निर्माण हुँदै गरेको क्वारेन्टिनमा राख्ने र त्यहाँ चेकजाँच गरेपछि सम्वन्धीत जिल्ला र पालिकामा पठाउने गरेर कार्ययोजना बनाएका छौं।

सबै संयन्त्र परिचालन गर्न एमालेको माग

प्रमुख विपक्षी दल नेकपा एमालेले सरकारकै कमजोरीका कारण फेरि कोरोना महामारी फैलिएको भन्दै रोकथाम, नियन्त्रण र बिरामीको उपचारमा सरकारी तथा गैरसरकारी क्षेत्रका सबै संयन्त्र र निकाय परिचालन गर्न माग गरेको छ।

तयार हुँदै होल्डिङ सेन्टर

काँकडभिट्टा नाकाबाट भारत, भुटान, बंगलादेश लगायतका विभिन्न देशका नागरिकहरू भारतको बाटो हुँदै नेपाल भित्रने गरेका छन्।

सेनाद्वारा ‘होल्डिङ सेन्टर’ निर्माण तीव्र

सरकारले नेपाल–भारत सीमा नाका कञ्चनपुरको गड्डाचौकी, कैलालीको गौरीफन्टा, झापाको काँकड्भिट्टा, मोरङको रानी, कपिलवस्तुको कृष्णनगर, पर्साको वीरगञ्ज, नेपालगञ्जको बाँके र रुपन्देहीको बेलहियामा कम्तीमा एक हजार क्षमताको होल्डिङ सेन्टर बढाउने निर्णय गरेको थियो।

पशुपतिनगर नाकामा होल्डिङ सेन्टर र क्वारेन्टिन

पशुपतिनगरमा रहेको पर्यटन सूचना केन्द्रमा होल्डिङ सेन्टर स्थापना भइसकेको छ। नाकाबाट आएका व्यक्तिलाई एन्टिजिनसहित सामान्य स्वास्थ्य अवस्था जाँचेर केही समय राख्न सेन्टर स्थापना गरिएको हो। पशुपतिनगर प्राथमिक स्वास्थ्य केन्द्रमा पनि ७ शय्याको क्वारेन्टिन राखिएको छ।

सीमामा होल्डिङ सेन्टर बनाउन प्रजिअहरुको मुख्यमन्त्रीलाई आग्रह

प्रदेश २ को आठवटै जिल्लाको सीमा भारतसंग जोडिएको छ । चार सय ६४ किलोमिटर सीमा रहेको यस प्रदेशमा एक सय ८६ वटा नाका छन् । जसमध्ये ७२ बिओपी र ३२ वटा नाकामा सुरक्षा पोष्ट छ । सुरक्षाकर्मीको उपस्थिति बिनाका बाँकी नाकाहरू पारिबाट (परदेश) घर फर्किनेहरूले ‘चोरबाटो’ को रुपमा प्रयोग गरिरहेका छन् ।

दिक्तेलमा १० बेडको ‘होल्डिङ’ सेन्टर

स्वदेश तथा विदेशबाट खोटाङ भित्रिने स्थानीयलाई पिसिआर परीक्षण अवधिसम्मका लागि राख्न ‘होल्डिङ’ सेन्टर बनाइएको छ ।

दिक्तेलमा ‘होल्डिङ’ सेन्टर बनाउने तयारी

खोटाङ भित्रिने स्थानीयलाई पिसिआर परीक्षणको रिपोर्ट नआएसम्मका लागि राख्ने ‘होल्डिङ’ सेन्टर बनाउने तयारी गरिएको छ । स्वदेश तथा विदेशबाट भित्रिने स्थानीयलाई पिसिआर परीक्षणको रिपोर्ट नआएसम्मका लागि राख्ने व्यवस्था मिलाउन दिक्तेलको पञ्च माविमा १० बेडको ‘होल्डिङ’ सेन्टर बनाउने तयारी गरिएको हो ।

होल्डिङ सेन्टरबाट प्रदेशमा जाने सवारीमा सामाजिक दुरी खोई ?

विदेशबाट उद्धार गरेर ल्याएका नागरिकलाई राख्न उपत्यकामा सात ‘होल्डिङ सेन्टर’ छन्। विदशेबाट आएर सम्बन्धित जिल्लाको क्वारेन्टाइन वा सेल्फ क्वारेन्टाइनमा नजाँदासम्म बस्ने स्थान (होल्डिङ सेन्टर) झण्डै तीन हजार क्षमताको बनाइएको छ।

ललितपुर महानगरमा होल्डिङ सेन्टर

ललितपुर महानगरपालिकाले अन्तर्राष्ट्रिय उडान खुलेपछि नेपाल फर्कने वडावासीलाई राख्न प्रत्येक वडामा होल्डिङ सेन्टर खोल्ने भएको छ । विदेशबाट नेपाल फर्किनेहरू कोरोना भाइरसबाट संक्रमित हुनसक्नेतर्फ सावधानी अपनाउँदै महानगरले होल्डिङ सेन्टर खोल्न लागेको हो ।

ललितपुर महानगरमा होल्डिङ सेन्टर

ललितपुर महानगरपालिकाले अन्तर्राष्ट्रिय उडान खुलेपछि नेपाल फर्कने वडावासीलाई राख्न प्रत्येक वडामा होल्डिङ सेन्टर खोल्ने भएको छ। विदेशबाट नेपाल फर्किनेहरू कोरोना भाइरसबाट संक्रमित हुनसक्नेतर्फ सावधानी अपनाउँदै महानगरले होल्डिङ सेन्टर खोल्न लागेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्