२४ श्रावण २०७७ शनिबार
समाज

२६ जिल्लाका ८२ जनामा डेंगी संक्रमण

देशका बिभिन्न २६ जिल्लामा डेंगी संक्रण फैलिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय राष्ट्रिय इपिडिमिलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। सवै जिल्ला गरी ८२ जनामा डेंगी संक्रमण समेत भइसकेको महाशाखाका प्रमुख डा. विकास देवकोटाले जानकारी दिए।  

विवरण अनुसार काठमाडौंमा ७ जना,  म्याग्दीमा १२ जनामा, रुपन्देहीमा ३५ जना, मकवानपुर,तनहु,र गोरखामा  एक/एक जनामा, बागलुङमा दुई जना, कपिलवस्तुमा ३ जना, कास्कीमा १० जना, डडेल्धुरा,कैलाली,धनकुटामा दुई/दुई जना रहेका छन्। यी बाहेक अन्य जिल्लामा समेत संक्रमण फैलिएको छ।  वर्षातमा डेंगी बाहेक लामखुट्टेको टोकाइले हुने मलेरिया,झाडापखाला तथा अन्य रोगहरुको संक्रमण हुने हुनाले लामखुट्टेको टोकाइबाट बच्ने र अन्य सावधनी समेत अपनाउन मन्त्रालयले आग्रह गरेको छ।  

 

प्रकाशित: १९ जेष्ठ २०७७ २२:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App