१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

कर्णालीमा कोरोना संक्रमितको संख्या १ सय ९८ पुग्यो

थप ३२ जनामा पुष्टि

कर्णालीमा कोरोना संक्रमितको संख्या एक सय ९८ पुगेको छ। कर्णाली प्रदेश अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। सोमबार विहान गरिएको परीक्षणका क्रममा दैलेखका १७, सल्यानका १० र सुर्खेतका पाँच जनामा कोरोना पुष्टि भएको हो।  

जिल्ला प्रहरी कार्यालय जुम्लामा कार्यरत दुई जना प्रहरीमा संक्रमण देखिएसँगै कोरोना समुदायमा पुगेको छ।

सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीका अनुसार दैलेखको नारायण नगरपालिका–१ का २२ र २७ वर्षका पुरुष, वडा नं.–३ का २१, ३१ र ३५ वर्षका पुरुष, वडा नंं ४ का १८, २० र २२ वर्षका पुरुषवडा नं. ५ का १८ वर्षका पुरुष र वडा नं. १० का १०, २३, २४, २७ र ३६ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो। यस्तै दैलेखकै महाबु गाउँपालिका–३ का २५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको उनले जानकारी दिए।  

सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१ का ३४ र ४०, वडा नं. ३ का २२ र २८, वडा नं. ५ का २१, २८ र ३६, वडा नं. ६ का २३ वर्षका पुरुष र वडा नं. ७ का २० र २१ वर्षका पुरुषमा पनि कोरोना पुष्टि भएको छ। यस्तै सुर्खेतको बराहताल गाउँपालिका–१ का २०। २१, २४ र २६ र वडा नं. १० का २२ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको डा. तिवारीले जानकारी दिए। आइतबार राति कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा दुई प्रहरी जवानसहित ४३ जनामा कोरोना पुष्टि भएको थियो।

प्रकाशित: १९ जेष्ठ २०७७ ०६:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App