१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

विपन्न तथा दलित परिवारलाई बाख्रा वितरण

डोल्पाको मुड्केचुलामा किसान सरकार हातेमालो कार्यक्रम

डोल्पाको विकट बस्ती मुड्केचुला गाउँपालिका ४ इलगाउँमा प्रदेश सरकारको किसान सरकार हातेमालो कार्यक्रम अन्र्तगत बोकाबाख्रा वितरण पछि किसानहरु।

आर्थिक विपन्न तथा दलित परिवारलाई बोका बाख्रा वितरण गरिएको छ। मुड्केचुला गाउँपालिका ४ इलगाउँका आर्थिक विपन्न र दलित परिवारका ४० जनालार्ई ३ बाख्रा १ बोकाका दरले १ सय ६० ओटा बोकाबाख्रा वितरण गरिएको हो। कर्णाली प्रदेश सरकारले किसान सरकार हातेमालो कार्यक्रम अन्र्तगत पशु अस्पताल तथा पशुसेवा कार्यालयलाई २५ लाख रुपैया उपलब्ध गराएको थियो। इल गाउँका १ सय २० घरधुरी मध्ये आर्थिक विपन्न तथा दलित परिवार छनौट गरेर गठन गरिएको कैलास बाख्रापालन समुहमार्फत बोका बाख्रा खरिद गरेर समुहका सदस्यहरुलाई वितरण गरिएको पशु अस्पताल तथा पशुसेवा कार्यालय डोल्पाले जनाएको छ।  

प्रदेश सरकारले उपलब्ध गराएको वजेट भित्र बोकाबाख्रा खरिद औषधी खरिद तथा किसानहरुलाई तालिम समेत दिइएको पशु अस्पताल तथा पशुसेवा कार्यालय डोल्पाका पशु चिकित्सक चन्द्रलाल धरलाले बताए।बोकाबाख्रा पालनबाट किसानहरुको आर्थिक जीवनस्तर माथि उठाउनका लागि ब्यवसायिक बाख्रापालनलाई प्रोत्साहन गर्ने प्रदेश सरकारको नीति अनुरुप इलगाउँका २६ घर दलित र १४ घर आर्थिक विपन्न गरिव परिवार गरेर ४० घरपरिवारलाई बोकाबाख्रा वितरण गरिएको पशु चिकित्सक धरलाले बताए।  

कैलाश बोकाबाख्रा पालन समुहका अध्यक्ष देवीचन्द्र बुढाले प्रदेश सरकारले पहिलो पटक गरीवहरुको मागलाई सम्बोधन गरेर रकम उपलब्ध गराई बोकाबाख्रा पाउदा आफुहरु खुशि भएको बताए।उनले भने इलगाउँ बोकाबाख्रा पालनको लागि उपयुक्त चरनखर्क भएको ठाउँ भएकाले बाख्रापालनबाट आफुहरुको जीवनस्तर माथि उठ्ने छ।

अर्की किसान धनरुपी बिकले विगतमा पनि अन्य कार्यालय समुहबाट बाखपलनको लागि रकम उपलब्ध गराइएको भएपनि सहि ठाउँमा सदुप्रयोग हुन नसक्दा ब्यवसायिकताले अगाडि बढ्न नसकेकोमा यत्तिखेर ब्यवसायिक रुपमै बाख्रापालन गर्न समुह गठन गरि पारदर्शिरुपमा इलगाउँमै पहिलो पटक ठुलो संख्यामा बाख्रा वितरण भएकोमा आफुहरुको ब्यवसायिकले फड्को मार्ने बताइन्।  

विश्वव्यापी कोरोना भाइरसले औधोगिक तथा ब्यवसायिक व्यापार ब्यावसाय धरासायी भइरहेको अवस्थामा लकडाउनको समयमा पनि किसानहरुलाई आत्मनिर्भरमुखी ब्यवसायिक कार्यक्रम अन्र्तगत पशु अस्पताल तथा पशुसेवा कार्यालयले बोकाबाख्रा खरिद गरेर संकटको बेलामा पनि समाजिक दुरी कायम राख्दै विकट गाउँ इलमा किसानहरुलाई बाख्रा वितरण तथा तालिम सन्चालन गर्नु सह्ररानीय कार्य भएको वडाअध्यक्ष जगबहादुर बुढाले बताए।यसैगरि इलगाउँका किसानहरुलाई पिपिआर जुनोटिक रेविज चरचरे र पटके लगायतका पशुवस्तुमा लाग्ने रोग र उपचार विधिबारे तालिम दिइनुका साथै पालन गरेका बोकाबाख तथा गाइबस्तुहरुलाई किसानकै घरघरमा पुगेर पशु अस्पताल तथा पशुसेवा कार्यालयका कर्मचारीले खोप समेत लगाएका छन्।

सरकारको कार्यक्रमलाई प्रभावकारीता दिन र आफ्नो व्यवसायिकता बढाई अर्थिक जीवस्तर माथि उठाउनको लागि विगतका वर्ष जस्तो पालनका लागि उपलब्ध गराइएका बाख्रा काटेर खाने काम नगरि ब्यवसायिक रुपले पालन गरि अर्को वर्ष कैलाश समुहबाटै अन्य किसानहरुलाई विक्री गर्न सक्ने गरि बाख्रापालन गरिने भनि किसानहरुले प्रतिबद्दता समेत जनाएका छन भने वितरण गरिएका बाख्रा बोकाहरुको विमा समेत गरिएको पशअस्पताल तथा पशुसेवा कार्यालयले जनाएको छ।

प्रकाशित: १९ जेष्ठ २०७७ ०४:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App