१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

संखुवासभा जिल्लामा दुइजनामा संक्रमण

संखुवासभा जिल्लामा दुइजनामा कोरोना संक्रमण देखिएको छ । गत जेठ १३ गते भारतबाट आएर तुम्लिङटारको क्वारेन्टिनमा बसेका दुईजना पुरुषमा कोरोना संक्रमण भएको हो । जेठ १४ गते उनीहरुको स्वाब संकलन गरेर विराटनगरस्थित कोशी अस्पताल पठाएको थियो । परीक्षणमा दुईजनामा कोरोना संक्रमण देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय संखुवासभाकाका प्रबक्ता रोशन श्रेष्ठले बताएका छन् । 

संक्रमितहरुमा  खाँदबारी नगरपालिका ७ का २३ वर्षीय र पाँचखपन नगरपालिका १ का २२ वर्षीय पुरुष रहेका छन् । संखुवासभाबाट ४० जनाको कोरोना परिक्षणका लागि पठाएको थियो । ३० जनाको परिक्षण रिपोर्ट आएको छ भने १० जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।

प्रकाशित: १७ जेष्ठ २०७७ १८:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App