१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

संक्रमितको सम्पर्कमा आएका सबैको रिपोर्ट नेगेटिभ

प्रहरी हिरासतमा रहेका कोरोना संक्रमितको सम्पर्कमा आएका सबैको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । संक्रमितका आफन्त, प्रहरी जिल्ला अदालतका कर्मचारी थुनुवा कक्षमा रहेका लगायत संक्रमितको सम्पर्कमा आएका सबै जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका रहेका शिवनाथ गाउँपालिका–२ का २२ वर्षीय युवकमा जेठ ९ गते कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रहरी कार्यालय सिल गर्नुका साथै सदरमुकाम क्षेत्रमा त्रास फैलिएको थियो । थुनुवा कक्षमै रहेका व्यक्तिको पिसिआर रिपोर्ट पोजेटिभ आएपछि त्रास फैलिएको हो ।  

सम्पर्कमा आएका व्यक्तिको रिपोर्ट नेगेटिभ आएसँगै प्रहरी कार्यालय पनि सामान्य अवस्थामा फर्कन थालेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक किसन चन्दले बताए । कोरोना संक्रमित युवकको कन्टय«ाक्ट ट्रेसिङ गरी प्रत्यक्ष सम्पर्कमा रहेकाहरुको स्वाब संकलन गरि प्रदेशिक अस्पताल धनगढीमा पिसिआर परीक्षण गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।

प्रकाशित: १७ जेष्ठ २०७७ १२:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App