coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पानीको परम्परागत श्रोतको सरसफाई गरी मनाइयो सिथि नखः

भक्तपुर नगरपालिका वडा नं ७ गोल्मढीका स्थानीय बिहीबार टोलमा रहेको सार्वजनिक पोखरीको सरसफाई गर्दै । तस्बिर : नागरिक

पानीका परम्परागत श्रोतहरुको सरसफाई गरी बिहीबार काठमाडौ उपत्यकाका नेवारहरुले सिथि नखः पर्व मनाइका छन् । टोलटोलमा रहेका इनार, कुवा, ढुंगेधारा, पोखरी आदि सरसफाई गरी पर्व मनाइएको हो । गृष्म सकिएर वर्षा याम सुरु हुने बेला पर्ने जेष्ठ शुक्लपक्षको षष्ठी तिथि (यो वर्ष जेठ १५ गते) पर्वका दिन यहाँंका नेवार समुदायले पर्व मनाएका हुन् ।

भक्तपुर नगरपालिका वडा नं ७ गोल्मढीका माधव किसीले पर्वको दिन टोलबासीहरुले टोलमा रहेको ठूलो सार्वजनिक पोखरीको सरसफाई गरेको जनाए । पोखरीको माथि रहेका लेउहरु झिकेर पोखरी सफा पारेको जानकारी उनले गराए । आफनो टोलबासीले मात्रै नभई भक्तपुरभरिका नेवारले यसरी नै आफनो घर नजिकको पानीका परम्परागत श्रोतहरुको सरसफाई गरी पर्व मनाउँंने गर्दै आएको स्मरण उनले गरे ।  

काठमाडौबासी राजु मानन्धर  सिथिःनखको दिन खाने मात्र नभई सरसफाई पनि गर्ने पनि बताए । यो दिन आफ्नो टोलमा रहेको इनार, पोखरी, कुवा, र ढुंगेधाराहरुको सफा गर्ने उनले जानकारी गराए । यी सबैलाई सिथि नखःको दिन टोलबासी सबै मिलेर सफा गर्ने गरिन्छ । सिथि नखः पर्वमा सफा गरेका कुवा, पोखरी, इनार र ढुंगेधाराको पानी चार दिनपछि मात्र चलाउने परम्परा रहेको छ ।

पहिलापहिला घरघरमा धारा नभएको बेला यही कुवा, पोखरी, इनार र ढुंगेधाराको पानी प्रयोग गर्ने गरिन्थ्यो । पछि घरघरमा धारा आएपछि यसको प्रयोग कम हुन गएको उनी बताउँछन् । तर पछिल्लो केही समयदखि फेरी यसको महत्व वढेको छ । किनकि मान्छेको चापसंगै खानेपानीको समस्या हुनको थालको छ र फेरी इनार, कुवा, ढुंगेधारा र पोखरीको पानी संचालन गर्न थालेका छन् ।

सामान्यतया नेवार समुदायको अधिकांश पर्वहरुमा भोज खाएर मनाइन्छ तर सिथि नखःको दिनभने भोज भन्दा पनि पानीका श्रोत सरसफाई गरी मनाइन्छ । साथै  नखःको दिन मास, मुगी, केराउलगायतका दालहान पकवान पकाएर खाने चलन छ । सिथि नखः पर्वमा विशेष परिकार वो (बारा) हो । वो (बारा) का साथै चटामरी, पापड, मालपुवा र म्हुछ्यामारी (मुठी पारी बनाइको एक किसिमको रोटी) आदि पकवान पकाएर खाने चलन छ ।

सस्कृतिविद् जननीप्रसाद मुल सिथि नखः पर्व लिच्छविकालदेखि सुरु भएको बताउँछन् । त्यसबेलादेखि नै पानीको मुहान, ढुंगेधारा, इनार, घर, चोक, नालीको सरसफाइ गर्ने पर्वका रूपमा विकास भएको उनी बताउँछन् । खानेपानीका स्रोतको संरक्षण तथा सरसफाईमा मौलिक परम्परा र संस्कृतिको पुनःस्थापना रुपमा सिथि.नखः पर्व मनाइने उनले जानकारी गराए । साथै उनले यसले पर्वबारे युवावर्गलाई साँस्कृतिक मान्यताबारे सचेत गराउनुपर्ने उनी बताए । साथै सिथि नखः पर्वले पानी र सरसफाईको महत्व पनि बोध गराउने पर्ब भएको उनको बझाई छ ।

एक अध्ययनले उपत्यकामा दुई सय ३३ वटा परम्परागत ढुङ्गेधारा अझै चालू रहेको देखाएको छ । एक सय ५६ लोप भइसकेको देखाएको छ । परम्परागत इनारहरु ललितपुरमा तीन सय ८८, मध्यपुर थिमीमा ९८ र भक्तपुरमा मात्रै तीन सय ९८ रहेको तथ्यांक छ ।

 

 

प्रकाशित: १५ जेष्ठ २०७७ १०:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App