१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

पाँंचतले मन्दिरको पुनर्निर्माणमा स्काउट लिडर

नेपाल स्काउट जिल्ला समिति भक्तपुरका स्काउट लिडरहरु बुधबार प्रसिद्ध पाँंचतले मन्दिरको जिर्णाेद्धारको श्रमदानमा जुटेको छन् । लकडाउनदेखि प्रत्येक दिन फरकफरक काममा जुट्दै आएका उनीहरु पाँचतले मन्दिरको जिर्णाेद्धारमा खटिएको स्काउट जिल्ला समिति भक्तपुरका प्रमुख आयुक्त रामगोपाल कर्माचार्यले बताए ।  

पाँंचतले मन्दिरको जिर्णाेद्धार कार्य अहिले लकडाउनको अवधिमा पनि धमाधम भइरहेको छ । नगरबासीहरुसँंग जनश्रमदान माग्दै अहिले दैनिक त्यहा काम भइरहेका छन् । अहिले त्यहाँं पाँंचतले मन्दिरको छाना छाउने काम भइरहेको छ । परम्परा जस्तै झिंगटी इटाले त्यहाँं छाना छाउने काम भइरहेको हो । त्यसका लागि माटो मुछ्ने र त्यसलाई लाइनमा बसी माथि छानासम्म माटो पुर्‍याउने काम अहिले भइरहेको छ । यही काममा स्काउटका लिडरहरु लागिपरेका हुन् ।  

प्रमुख आयुक्त कर्माचार्यले यसअघि लकडाउनको जनचेतनामूलक काममा खटिंदै आएका स्काउट लिडरहरु लकडाउनका बीचमा पहिलो पटक मन्दिर पुनर्निर्माणको श्रमदानमा जुटेको जानकारी गराए । यसअघि लकडाउन पूर्ण पालना गरी घरबाहिर ननिस्कन माइकिंगलगायतका काममा उनीहरु जुट्दै आएको कर्माचार्यले जनाए । साथै लकडाउनका समयमा तातो खान, साबुन पानीले हात धुनलगायतका जनचेतनामूलक काममा उनीहरु खटिएको कर्माचार्यले जनाए ।  

भक्तपुरको पाँंचतले मन्दिरको पुनर्निर्माण लकडाउनको सुरुवातदेखि बन्द भएको थियो । तर पछिल्लो दिन दस दिन अघिदेखि काम सुरु भएको थियो । नगरबासी दाजुभाइ तथा दिदीबहिनीहरुको जनश्रमदानबाट अहिले पनि मन्दिरको पुनर्निर्माण कार्य भइरहेको छ । मन्दिरको पुनर्निर्माण यही आर्थिक वर्षभित्र सम्पन्न गर्ने योजना राखिएको छ । 

प्रकाशित: १४ जेष्ठ २०७७ १२:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App